मेयर ११ ले लुम्बिनीसामु १४५ रनकाे लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२२
  • |
  • 275 पटक हेरिएको

ललितपुर मेयर कप महिला टी २० क्रिकेट प्रतियोगितामा मेयर ११ ले लुम्बिनी प्रदेशलाई एक सय ४५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मेयर ११ ले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ४४ रन बनायो ।

२३ रनमा पहिलो विकेट गुमाएको मेयर ११ ले २६ रन बनाउँदा तीन विकेट खेर फाल्यो । उसको स्कोर ३६ रन हुँदा पाँच विकेट झरेको थियो ।

तर छैटौं विकेटका लागि सुमन खतिवडा र अस्मिना कर्माचार्यले एक सय आठ रनको साझेदारी गर्दै टिमलाई बलियो अवस्थामा पुर्याए ।

जसमा सुमनले आक्रामक ७७ रन बनाइन । उनले ५२ बलमा नौ चौका र दुई छक्का प्रहार गरिन । यस्तै अस्मिनाले २० रन बनाइन ।

बलिङमा लुम्निबीका लागि सुस्मिता भुषाल, स्वस्तिका बजगाई, क्रितिका मरासिनी सरस्वती पुनले एक एक विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey