लानिङले ताेडिन पाेन्टिङकाे रेकर्ड

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२२
  • |
  • 216 पटक हेरिएको

अष्ट्रेलियन महिला क्रिकेट टिमकी कप्तान मेग लानिङले नयाँ कीर्तिमान बनाएकी छिन । उनको कप्तानीमा अष्ट्रेलियाले लगातार २२ औं जित निकालेपछि नयाँ रेकर्ड बनाएकी हुन । उनले पुरुष टिमका पूर्व कप्तान रिकी पोन्टिङको रेकर्डलाई पनि तोडेकी छिन ।

आइतबार न्यूजिल्याण्डसँगको एकदिवसिय सिरिजको पहिलो खेलमा ६ विकेटको जित निकाल्दै लानिङले यो रेकर्ड बनाएकी हुन ।

यसअघि धेरै खेलमा लगातार जित निकाल्ने रेकर्ड पोन्टिङको नाममा थियो । पोन्टिङको कप्तानमा अष्ट्रेलियाले सन् २००३ मा लगातार २१ खेलमा जित निकालेको थियो । तर त्यो रेकर्डलाई लानिङले तोडेकी छिन ।

सन् २०१४ मा अष्ट्रेलियाको कप्तान बनेकी लानिङको कप्तानीमा टिमले अहिलेसम्म ५८ खेल खेल्दा ५० मा जित निकालेको छ ।

पछिल्लो पटक लानिङको कप्तानीमा अष्ट्रेलियाले सन् २०१७मा पराजित भएको थियो । त्यसपछि टिमले लगातार जित निकाल्दै आएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey