आर्मीको जितको यात्रा कायमै

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२२
  • |
  • 383 पटक हेरिएको

आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लव भलिबल प्रतियोगितामा विभागिए टिम त्रिभुवन आर्मीले आफ्नो जितको यात्रालाई कायमै राखेको छ । आज भएको खेलमा आर्मीले भरतपुर मेट्रो क्लवलाई तीन शुन्यको सोझो सेटमा पराजित गर्यो ।

त्रिपुरेश्वर स्थित राखेपको कर्भडहलमा भएको खेलमा आर्मीले भरतपुरलाई २५–९, २५–८ र २५–१३ को सेटमा हरायो ।

आर्मीले भरतपुरविरुद्ध पहिलो सेटबाट नै दबाव दिएको थियो ।

जसमा पहिलो सेट २५–९ ले जित्यो भने दोस्रो सेट २५–८ ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेटमा पनि २५–१३ को जित निकाल्दै आर्मीले आफ्नो विजयी यात्रा कायम राख्यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey