सैनामैना प्रिमियर लिगकाे अक्सन, ११४ खेलाडी बिक्री

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२२
  • |
  • 402 पटक हेरिएको

सैनामैना प्रिमियर लिग -२ को अक्सन सम्पन्न भएको छ। बैशाख ११ गते देखि १९ गतेसम्म चल्ने यस प्रतियोगितामा सैनामैना नगरपालिका भित्रका एक सय १४ खेलाडी अक्सनमा लिलामी भए ।

प्रतियाेगितामा गोरखा वारियर्स , सैनामैना ब्लास्टर , न्यू एकेडेमी किंग्स , दुद्राक्ष्य वारियर्स, द रिभाइभलियन, मुर्गिया मास्टर्स गरि अक्सनमा ६ टिम सम्मिलत थिए। अक्सनमा समावेश ११४ खेलाडीलाइ “ए”, “बि” र “सी” मा वर्गिकरण गर्दै टिमले चयन गर्न पाउने अधिकार टिमलाई दिएको थियो।

हरेक टिमले अक्सनबाट १० खेलाडी लिग्नु पर्ने र वैकल्पिकका लागी अन्य ३ जना पनि अक्सनमा समावेश खेलाडीहरु बाटै राख्नु पर्ने प्रावधान रहेको थियो। हरेक टिममा ३ जना खेलाडी सैनामैना भन्दा बाहिरको हुनुपर्ने नियम समेत रहेको थियो। अक्सनमा सम्मिलित एक सय १४ खेलाडी मध्य केवल ६० खेलाडीको लिलामी भएको छ भने १८ जना वैकल्पिक गरि ७८ जना खेलाडी विविध टिममा समावेश हुन पुगेका छन्।

सैनामैना प्रीमियर लिगको विजेताले एक लाख,५१ हजार एक सय ११ रूपैयाँ पाउनेछन भने उपविजेताले ७५ हजार पाँच सय ५५ रूपैयाँ पाउनेछन ।

कुन टिममा काे खेलाडी अनुबन्ध भए ।

दुद्राक्ष्य वारियर्स: पदम केसी(कप्तान), मनिष क्षेत्री, सौरभ खनाल, बिक्रम भुसाल, सुबास बिक, प्रदिप बेलबासे, ऋतिक रिजाल, बिबेक पन्त, अप्सन नेपाली, बसन्त कार्की, दिपेन्द्र अर्याल, रोहित अर्याल, उदय पाण्डे, बिशाल पाण्डे, टंक कंडेल

सैनामैना बलास्टर्स: उदय पन्त(कप्तान), देभ खनाल, बिशाल खत्री, हर्जीत सिंह, सुभास चौधरी, सुमान थापा, गोपाल शर्मा, बिमल पन्त, समिर भुसाल, बिकाश बस्नेत, जीवन खत्री, नवराज खनाल, विश्व गौतम, निरज खनाल, सागर भट्टराई

मुर्गिया मास्टर्स: सरोज पौडेल(कप्तान),अमृत परियार, दुर्गेश गुप्ता, वसिर अहमद, प्रज्वल थापा, सुजल सुनार, सुशील सापकोटा, चिन्ता प्रसाद कुँवर, थम बहादुर खप्त्री, श्रीराम गैरे, अर्जुन सोम्रे, सिजन सुनार, बिश्वास खत्री, बसन्त खड्का

द रिभाइभलियन्स: सुनिल पौडेल(कप्तान), बिक्रम भुसाल, अशोक बिक, बिशाल राना, अजय श्रेष्ठ, सुजन क्षेत्री, गणेश पौडेल, गणेश गौतम, महेन्द्र खनाल, रोशन पोख्रेल, निर्जन पोख्रेल, अमृत अधिकारी

न्यु एकेडेमी किंग्स: कृष्ण गिरी(कप्तान), महेश राना, सुनिल धमाला, शंखर राना, जगदीश भुसाल, शेस्दत्त भुसाल, बागेश्वोर चौहान, अर्जुन चौधरी, बिज्ञान पाण्डे, गणेश घिमिरे, सचिन गौतम, सोनु मल्ल, धर्म चौहान, लक्षण परीयार, शंखर पौडेल

गोर्खा वारियार्स: प्रदिप सुबेदी(कप्तान), बिशाल भुसाल, जितेन्द्र सहनी, सन्दिप रजाली, राहुल कुमार यादव, मोनिक चालिसे, आदित्य नाथ गुप्ता, दिपेश गौताम, प्रथम भट्टराई, अमृत पन्त, बृजेश बिक, रोहण अर्याल, जितेन्द्र बरै, पृथक भट्टराई

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey