प्राे लाइसेन्स अनिवार्य गरेपछि एन्फाले झिकायाे कुवेतबाट प्रशिक्षक

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२२
  • |
  • 470 पटक हेरिएको

एशियन फुटबल महासंघ एएफसीले आफ्नो आधिकारीक प्रतियोगिताका लागि राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा प्रो लाइसेन्स भएको अनिवार्य गरेपछि एन्फाले पनि नयाँ प्रशिक्षक नियुक्त गरेको छ । एन्फाले नयाँ प्रशिक्षकका रुपमा कुवेतका अब्दुल्लाह अल मुताईरीलाई नियुक्त गरेको छ ।

यसअघि स्विडेनका प्रशिक्षक योहान कालिनले राजिनामा दिएपछि खालि रहेको मुख्य प्रशिक्षक पोष्टमा अब अब्दुल्लाहले सम्हाल्ने भएका छन । कालिनले राजिनामा दिएपछि कार्यबाहक मुख्य प्रशिक्षकमा बालगोपाल महर्जनले टिमलाई सम्हालेका थिए ।

तर फिफा र एएफसीले प्रो लाइसेन्स अनिवार्य गरेपछि त्यहि अनुसारको प्रशिक्षक ल्याउनुपर्ने बाध्यता भएपछि एन्फाले छोटो समयमा नै कुवेतबाट अब्दुल्लाहलाई नयाँ जिम्मेवारीका साथ नेपाल बोलाएको छ । उनले एन्फासँग पहिलो चरणमा एक बर्षका लागि सम्झौता गरेका छन ।

उनले टिमलाई दिलाउने सफलताका आधारमा सम्झौता नविकरण गरिने संभावना रहेका एन्फाका एक पदाधिकारीले बताए । अहिलेका लागि उनी एक बर्षका लागि ल्याएको र फिफा विश्वकप छनौटलाई मध्यनजर गरेर कुवेती प्रशिक्षक ल्याएको ती पदाधिकारीले बताए ।

नेपालले विश्वकप छनौट अन्तर्गत चाइनीज ताइपेइ, अष्ट्रेलिया, जोर्डनसँग खेल्न बाँकी छ । पहिलो चरणमा नेपालले खेलका पाँच खेलमा एक जित र चार हार ब्यहोरेको छ ।

अब अब्दुल्लाह मुख्य प्रशिक्षक भएर आएपछि सहायक प्रशिक्षकमा भने नेपाली प्रशिक्षक नै रहनेछन । अब्दुल्लाहले कतारी क्लव अल शाहनीको ओलम्पिक टिमको प्रशिक्षक भएर काम गरेका थिए भने किर्गिस्तानको युवा टिमलाई पनि प्रशिक्षण दिएका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey