एपीएफले सुदूरपश्चिम प्रदेशलाई एक सय २८ रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२२
  • |
  • 250 पटक हेरिएको

ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा एपीएफले सुदूरपश्चिम प्रदेशलाई एक सय २८ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा मात्र २ विकेट गुमाएर एक सय २७ रन बनायो । एपीएफका लागि ज्योति पाण्डेले उत्कृष्ट ब्याटिङ गरिन । उनले टिमकालागि ५९ रनको अर्शतकीय पारी खेलिन् ।

यस्तै सरिता मगरले अविजित ३५ रनकाे याेगदान गरिन भने इन्दु बर्मा ४ रनमा अविजित रहिन् । कप्तान सरिता राना मगर १६ रनमा आउट भईन् ।

बलियो सुरुवात गरेको एपीएफले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेको थियो । उसकी ओपनर सिता रानामगर १६ रनमा आउट भएपछि एपीएफले पहिलो विकेट गुमायो ।

दोस्रो विकेटका लागि पनि सरिता मगर र ज्योती पाण्डेले ५२ रनको साझेदारी गर्दै टिमलाई बलियो लक्ष्य दिन सफल बनाए ।

सुदूरपश्चिमकी कविता जोशी र सुनिता लुहारले १-१ विकेट लिईन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey