सहारालाई हराउँदै एपीएफ आहा रारा गोल्डकपको सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२१
  • |
  • 554 पटक हेरिएको

विभागिए टिम एपीएफ क्लव आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । उद्घाटन खेलमा घरेलु टिम सहारा क्लवलाई एक शुन्यको झिनो अन्तरले हराउँदै एपीएफले अन्तिम चारमा स्थान बनायो ।

पोखरा रंगशालामा भएको खेलमा आशिष लामाको एकमात्र गोल एपीएफलाई जित निकाल्न पर्याप्त गर्यो ।

खेलको पहिलो हाफमा दुई वटा सुन्दर मौका खेर फालेको एपीएफले दोस्रो हाफमा पनि तीन वटा उत्कृष्ट अवसरको सिर्जना गरेको थियो । तर आशिष लामा दुई पटक चुक्न पुगे ।

तर खेलको ८७ औं मिनेटमा आशिष लामाले उत्कृष्ट गोल गर्न सफल भए । फ्रिकिकबाट आएको बललाई उनले डिबक्स भित्र फ्रि रहेको अवस्थामा बललाई प्रहार गरेका थिए । जसलाई सहाराका गोलकिपरले बचाउन सकेन ।

त्यसपछि सहारा क्लव खेलमा फर्कन सकेन र एपीएफले अन्तिम चारमा स्थान बनायो । उसले सेमिफाइनलमा मनाङ र संकटाविचको विजेतासँग खेल्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey