Mega Bank

आरसिटीको नयाँ कार्यसमिती, शाक्य तेस्राे पटक अध्यक्ष

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-१२-२१
  • |
  • 215 पटक हेरिएको

नेपालको पुरानो क्लव मध्येको एक रानिपोखरी कर्नर टिम आरसिटीको नयाँ कार्यसमिती चयन भएको छ । जसको अध्यक्षमा सुरेशकाजी शाक्य चयन भएका छन ।

शनिबार क्लवको नयाँ कार्यसमितीको चयन हुँदा अध्यक्षमा शाक्य तेस्रो पटक निर्वाचित भए ।

क्लवको उपाध्यक्षमा राजेश श्रेष्ठ र कुमार राजभण्डारी चयन भए भने सचिवमा राजु शाही, सहसचिवमा रविन महर्जन र कोषाध्यक्षमा संजीव तुलाधन चयन भए । सदस्यमा चंगेजलाल श्रेष्ठ, यज्ञरत्न तुलाधर, नरेश बैद्य, अमूल्य मानन्धर, रघुवरमानसिंह प्रधान र नरेन्द्र श्रेष्ठ रहेका छन् ।

यस्तै कार्यसमितीको बैठकले दुई जना मनोनित सदस्यपनि राखेको छ । जसमा अशोक मानन्धर र नरेन्द्र श्रेष्ठ रहेका छन ।

पछिल्लो पटक बी डिभिजनमा रहेको आरसिटी क्लवले विचमा फुटबल छोडेको थियो । आर्थिक अवस्था कमजोर भएको भन्दै फुटबल छोडेको थियो । तर फेरी उसले आफुलाई फुटबलमा फर्काएका थियो ।

ए डिभिजन लिगको उपाधि धेरै पटक जित्ने क्लवको सूचीमा दोस्रो स्थानमा रहेको आरसिटीको नयाँ कार्यसमितीले आफ्नै होस्टेल सहितको एकेडेमी बनाउने योजना बनाएको छ ।

भर्खरै

Advertisement