आर्मीको लगातार दोस्रो जित, न्यू डाइमण्ड शिर्ष स्थानमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२१
  • |
  • 727 पटक हेरिएको

न्यू डाइमण्ड स्पोर्टस क्लवले आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लव लिग भलिबलमा दोस्रो जित निकालेको छ ।

आज भएको खेलमा उसले भरतपुर मेट्रो परिषद्लाई तीन शुन्यको सोझो सेटमा हरायो ।

जसमा न्यू डाइमण्डले भरतपुरलाई २५–१२, २५–७ र २५–१७ को सेटमा हरायो । यो जितसँगै न्यू डाइमण्ड लिगको शिर्ष स्थानमा उक्लिएको छ । तीन खेलमा उसले दुई जित र एक हार ब्यहोर्दै सात अंक बनाएको छ । भरतपुलको यो लगातार दोस्रो हार हो ।

यसअघि भएको अर्को खेलमा आर्मीले ढोरपाटनलाई तीन शुन्य कै सोझो सेटमा हरायो ।

जसमा आर्मीले ढोरपाटनलाई २५–१२, २५–० र २५–५ को सेटमा हरायो । आर्मीको जारी प्रतियोगितामा लगातार दोस्रो जित हो ।

यो जितसँगै आर्मीले दुई खेलमा पाँच अंक बनाएको छ । ढोरपाटनको भने प्रतियोगितामा लगातार तेस्रो हार हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey