प्रदेश एकले एपीएफलाई एक सय सात रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२१
  • |
  • 270 पटक हेरिएको

ललितपुर मेयर कप महिला टी २० भलिबल क्रिकेट प्रतियोगताको उद्घाटन खेलमा प्रदेश एकले एपीएफलाई एक सय सात रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ६ रन बनायो ।

उसका लागि कप्तान रुवीना क्षेत्रीले सर्वाधिक ४५ रन बनाइन भने रोमा थापाले ३३ रनको योगदान गरिन । तर बाँकी खेलाडी सस्तैमा आउट भए ।

जसमा काजल श्रेष्ठले पाँच रन बनाउँदा निग्मा तामाङले सात तथा निशा शाहले पाँच रनको योगदान गरिन । बलिङमा रेखा रावल, करुणा भण्डारी, सिता रानामगर र विन्दुल मगरले एक एक विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey