Mega Bank

आहा ! रारा गोल्डकप आजदेखि, सहारा क्लब र एपीएफ भिड्दै

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-१२-२१
  • |
  • 108 पटक हेरिएको

मोफसलको प्रतिष्ठित ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता’ आजदेखि शुरु हुदैंछ ।

‘खेलकूदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकूद पर्यटन शहरका रूपमा स्थापित गरौैँ’ भन्ने उद्देश्यसहित आयोजना गरिएको प्रतितयोेगितामा एक विदेशीसहित आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजक क्लब सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन खेलमा शनिबार आयोजक सहारा क्लब पोखरा र सशस्त्र प्रहरीको एपिएफ क्लबका बीचमा हुनेछ ।
प्रतियोगितामा सहारा र एपिएफसहित नेपालका ‘ए’ डिभिजनका क्लबहरु मनाङ मस्र्याङदी, नेपाल पुलिस क्लब, रुस्लान थ्रीस्टार, सङ्कटा क्लब र मच्छिन्द्र क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । विदेशी टोली अफ्रिकन रुट एशोएशन, डउला क्यामरुन सहभागी हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार तथा उपविजेताले पाँच लाख एक हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी यस वर्षदेखि राजनीतिज्ञ एवं उद्योगपति सूर्यबहादुर केसीको स्मृतिमा प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार नगदसहित पुरस्कृत गरिने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

भर्खरै

Advertisement