सहकारी कप बुद्धिचाल ललितपुरमा शुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२०
  • |
  • 526 पटक हेरिएको

ललितपुर स्पोर्टस् क्लब र ताम्रकार समाजको संयुक्त आयोजनामा शुक्रबारदेखि गणेशमान सिंहस्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता शुरु भयो ।

आज सम्पन्न पहिलो चरणको खेलमा सुन्दर साकोस हेटौडाका कृष्ण थापा, कामना साकोसका सुजेन्द्रप्रसाद श्रेष्ठ, सुर्योदय साकोसका सुमन राई, करुणामय साकोसका प्रेमकृष्ण महर्जन, स्वर्णिम साकोसका युवराज पौडेल र बालकुमारी साकोस मध्यपुरका सुन्दर श्रेष्ठ बिजयी भै समान १ अंक जोडेका छन् ।


त्यसैगरी गोल्डेन गेट कलेजका निकेन कुसाथा, सद्भाव कृषि सहकारी लुभुका अशोकमोहन श्रेष्ठ, स्वागतम साकोसका सुश्रुत दाहाल, नेशनल डेभलपमेन्ट साकोसका बद्रिलाल नेपाली, दीर्घराज जोशी, लवकुमार श्रेष्ठ, जनसेवा साकोसका अबिरल राई, गजुरमुखी चेस क्लबका प्रकाश नेपाल, दोलखाका उत्तम ढुंगेलले पनि जीत हासिल गरी १ अंक प्राप्त गरेका छन् ।


यसअघि ललितपुर स्पोर्टस् क्लबका अध्यक्ष हेराकाजी महर्जनको सभापतित्वमा भएको एक कार्यक्रमको लपु मनपा मेयर चिरीबाबु महर्जन र फिडे इथिक्स कमिसन सदस्य तथा नेपाल बुद्धिचाल संघका पूर्वअध्यक्ष राजेशहरि जोशीले गोटी चालेर संयुक्तरुपमा प्रतियोगिताको उद्घाटन गरे । सो अवसरमा मेयर महर्जनले आगामी बर्ष हुने प्रतियोगिताको लागि २ लाख १९ हजार नगद पुरस्कार प्रायोजन गर्ने बचन दिए ।

६४औं सहकारी दिवसको उपलक्ष्यमा आयोजित प्रतियोगितामा ९० जना खेलाडीहरु प्रतिस्पर्धा गर्दैछन् । पाँचदिने प्रतियोगिताका विजेताले यामाहा मोटरसाइकल, उपविजेताले नगद ६० हजार हात पार्नेछन् भने कुल नगद पुरस्कार रु.५,६१,४०० रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey