हेल्प नेपालकाे पहिलाे जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२०
  • |
  • 365 पटक हेरिएको

आरबीबी एनभिए महिला तथा पुरुष क्लव लिग भलिबल प्रतियोगितामा हेल्प नेपाल स्पोर्टस क्लवले पहिलो जित निकालेको छ ।

आज भएको खेलमा हेल्प नेपालले नयाँबजार सामाजिक युवा क्लवलार्ई तीन एकको सेटमा हरायो । प्रतियोगितामा नयाँबजारको यो दोस्रो हार हो ।

त्रिपुरेश्वर स्थित परिषद्को कर्भडहलमा भएको खेलमा हेल्प नेपालले नयाँबजारलाई २५–१४, २३–२५, २५–२२ र २५–१६ को सेटमा हरायो ।
पहिलो सेट २५–१४ ले जितेको हेल्प नेपालले दोस्रो सेट भने २३–२५ ले गुमायो ।

त्यसपछि हेल्प नेपालले लगातार दुई सेट जित्न सफल भयो । जसमा तेस्रो सेट २५–२२ ले जित्यो भने चौथो सेट २५–१६ ले आफ्नो पक्षमा पार्यो ।

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal