सहारा क्लवले अभिषेकलाई सर्वाेत्कृष्ट फुटबल अवार्डबाट सम्मान गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२०
  • |
  • 585 पटक हेरिएको

सहारा फुटबल क्लवले यो बर्षको सर्वोत्कृष्ट राष्ट्रिय खेलाडीको अवार्डबाट अभिषेक रिजाललाई सम्मानित गर्ने भएको छ ।

पछिल्लो पटक भारतीय लिग खेलेका अभिषेकले फुटबलको माध्यमबाट देशलाई चिनाएको भन्दै सो अवार्ड दिने निर्णय गरेको छ ।

जसबाफत उनले ३५ हजार रुपैयाँसहित सम्मान पाउने भएका हुन ।

सहारा क्लवले शनिबारबाट सुरु हुने आहा रारा गोल्डकपको उद्घाटन समारोहमा अभिषेकलाई सम्मान गर्ने भएको हो ।

पोखरामा चैत २१ देखि २८ गतेसम्म हुने आहा रारा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । जसमा उद्घाटन खेलमा घरेलु टिम सहादा क्लव पोखरा र नेपाल एपीएफ क्लवविच प्रतिस्पर्धा हुनेछ ।

आयोजक सहारा क्लव पोखराले बुधबार पत्रकार सम्मेलन गरेर उद्घाटन खेलमा एपीएफ र सहारा खेल्ने बताए । आठ टिमको सहभागिता रहेको प्रतियोगिता चैत २८ गते सकिनेछ ।

प्रतियोगिताको विजेताले १० लाख एक हजार रुपैयाँ हात पार्नेछ भने उपविजेताले पाँच लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन ।

प्रतियोगिताको दोस्रो दिन मच्छिन्द्र क्लव र अफ्रिकन रुट एसोसियसन खेल्नेछन । यस्तै तेस्रो खेलमा संकटा क्लव र मनाङ भिड्नेछन ।

चौथो खेलमा थ्रीस्टार र नेपाल पुलिस आमनेसामने हुनेछन । प्रतियोगितामा सात नेपाली र एक विदेशी टिमको सहभागिता हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal