त्रिदेशीय कप फुटबल विजेता खेलाडीलाई सरकारले जनही ४ लाख रुपैयाँ दिने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२०
  • |
  • 324 पटक हेरिएको

त्रिदेशीय कप फुटबल विजेता टिमका खेलाडीलाई नेपाल सरकारले जनही चार लाख रुपैयाँ दिने भएको छ । खेलाडीलाइ प्राेत्साहन दिनका लागि सरकारले साे पुरस्कार दिने निर्णय गरेकाे हाे ।

शुक्रवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चार लाख रुपैयाँ दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन ।

त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा गएकाे सोमवार भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एक गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो । नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गरेका थिए ।

नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गरेको छ । यसअघि नै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पनि विजेता खेलाडीलाई जनही एक लाख रुपैया पुरस्कार दिने घोषणा गरिसकेको छ ।

नेपाली खेलाडीको हौसला बढाउन प्रधानमन्त्री ओली दशरथ रङ्गशाला पुगेका थिए । साे खेलबाट नै नेपालका लागि सफल कप्तान विराज महर्जनले सन्यास लिएका थिए ।

साे प्रतियाेगिताकाे लिग चरणमा नेपालले किर्गिस्तान र बंगलादेशसँग गाेलरहित बराबरी खेलेकाे थियाे । फाइनलमा भने नेपालले २-१ काे जित निकालेकाे थियाे । जुन नेपालका लागि नयाँ इतिहासपनि बनेकाे थियाे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey