दुई महिना नेपालमा ओलम्पिकको तयारी गरेकी गौरिका बेलायत फर्किदै

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२०
  • |
  • 599 पटक हेरिएको

बेलायतमा कोरोना भाइरसको महामारीका कारण नियमित प्रशिक्षण गर्न नपाएपछि फागुनमा नेपाल आएकी ओलम्पियन पौडीवाज गौरीका सिंहले करिव दुई महिना नेपालमा प्रशिक्षण गरिन ।

बेलायतमा नै नियमित प्रशिक्षण गरिरहेकी गौरीका कोरोनाको दोस्रो लहर सुरु भएर लकडाउन भएपछि उनी केहि समयका लागि भएपनि नेपालमा प्रशिक्षण गर्न आएकी थिइन । पौडीका प्रशिक्षक ओङदेन लामासँग प्रशिक्षण गरेकी गौरीकाको यसपटकको नेपाल बसाई सकिएको छ । उनी शुक्रबार बेलायत फर्किदैछिन ।

बेलायतमा दोस्रो लहर सुरु भएपछि फेरी लकडाउन हुँदा उनको परिवारले गौरीकालाई नेपाल पठाएर थप प्रशिक्षण गराउने चाहना अनुसार फागुनमा गौरीका नेपाल पुगिन । नेपालमा क्वारेन्टिनको समय विताएर उनी परिवारसँग जोडिइन । त्यसको केहि दिनमा नै गौरीका प्रशिक्षक ओङदेन लामासँग प्रशिक्षणमा जोडिइन ।

कोरोनाले करिव १० महिना प्रशिक्षण नियमित हुन नसक्दा गौरीकाले पुरानो लयलाई समात्न केहि समय लाग्नेछ । गौरीका आफैले पनि १० महिना नियमित प्रशिक्षण गर्न नसक्दो केहि चुनौती थपिएको र विस्तारै फेरी पुरानै लयमा फर्किनेमा विश्वास गरेको बताउछिन ।

उनले टोकियो ओलम्पिकमा आफ्नो ब्यक्तिगत समयलाई सुधार्ने पहिलो लक्ष्य रहेको बताइन । गौरीकाले अझैपनि टोकियो ओलम्पिक हुन्छ हुन्न एकिन छैन, तरपनि आफ्नो हिसावले बेलायतमा फर्किएपछि पनि तयार गर्ने बताए ।

दक्षिण एशियाली खेलकुद सागकी किर्तीमानी खेलाडी गौरीकाले नेपालमा बस्दा आफ्नो समय अनुकुल नियमित प्रशिक्षण गरेकी थिइन । अब गौरीका टोकियो ओलम्पिकका लागि बेलायतबाट नै जापान जाने संभावना रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal