सचिन अस्पताल भर्ना

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२०
  • |
  • 463 पटक हेरिएको

भारतका चर्चित क्रिकेट खेलाडी सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् । केही दिनअघि कोरोना सङ्क्रमित बनेका उनी डाक्टरको सल्लाह अनुसार अस्पताल भर्ना भएका हुन्।

उनले ट्वीट गर्दै आफू डाक्टरको सल्लाहअनुसार अस्पताल भर्ना भएको र अबको केही दिनमै निको हुने विश्वास लिएकाे बताएका छन् ।

सचिन सन् २०११ मा भएको वर्ल्ड कपमा भारतलाई जिताउन सफल भएका थिए । सन् २०११ को अप्रिल २ अर्थात आजकै दिन श्रीलङ्कालाई हराउँदै भारतले वर्ल्डकप जितेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey