प्रदेश एक क्रिकेट संघका पदाधिकारीकाे विवाद सामाजिक सञ्जालमा छताछुल्ल !

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२०
  • |
  • 455 पटक हेरिएको

प्रदेश एक क्रिकेट संघमा कार्यसमितीको निर्णयमा पूर्व खेलाडी तथा कमिटीका पदाधिकारी लाक्पा लामाले विरोधसँगै संघका नरहने भन्दै राजिनामा दिएका छन ।

विहिबार विराटनगरमा बसेको प्रदेश एक क्रिकेट संघको कार्यसमितीको बैठकले छनौट समितीको जिम्मा केहि समयका लागि सचिव समेत रहेका मनोज कटवाललाई दिएको थियो । तर त्यो निर्णयमा लाक्पा लामाले सो बैठकले गरेको निर्णय अबैधानिक रहेको र विना सूचना बैठक बोलाएको आरोप लगाएका छन ।

यसका साथै लामाले छनौट समिती विगठन गरेर सचिव स्वयमले खेलाडी छनौट गर्ने जिम्मा दिनु विधान विपरित भएको बताएका छन । उनले पीएम कपका बेला खेलाडीलाई आफ्नो खर्चमा गरेको ट्रयाकसुट दिँदा संघ चुप बसेको आरोप लगाएका छन । उनले भ्रष्ट प्रदेश एक क्रिकेट समितीको कार्यकालसम्म कुनैपनि कार्यक्रममा नरहने समेत बताएका छन ।

के भएको थियो

विहिबार प्रदेश एक क्रिकेट संघको कार्यसम्पादनको बैठक बसेर मेयर कप क्रिकेटका लागि प्रशिक्षकमा विरु श्रेष्ठलाई नियुक्त गरेको थियो । यस्तै विभिन्न उपसमिती गठन पुर्नगठन सम्बन्धमा प्राविधिक कमिटीको संयोजक प्रदिप राज पाण्डे र छनौट समितीका सदस्य राजकुमार प्रधानको राजिनामा स्विकृत गरेको निर्णय गरेको थियो ।

यसका साथै सो बैठकमा संघमा आबद्ध जिम्मेवार पदाधिकारीले सामाजिक सञ्जालमा प्रादेशिक क्रिकेट संघविरुद्ध भ्रामक कुरा लेख्ने गरेको र आगामी दिनमा त्यस्ता गल्तिलाई सच्याउन भन्दै चेतावनी दिएका थियो । यसका साथै फेरीपनि सामाजिक सञ्जालमा त्यस्तो लेखेको पाइयो भने कारवाही गर्ने निर्णय गरेको थियो ।

यसका साथै नयाँ प्राविधिक कमिटीले पुर्णता नपाउँदासम्म छनौट समितीको जिम्मा सचिव मनोज कटुवाललाई दिने निर्णय गरेको थियो ।
यो विषयमा लाक्पा लामाले सामाजिक सञ्जालमा विरोध जनाउँदै भत्र्सना गरेका छन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal