एनभीए क्लव भलिबलः साविक विजेता एपीएफकाे सुखद सुरूवात

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२०
  • |
  • 198 पटक हेरिएको

आरबीबी एनभिए महिला तथा पुरुष क्लव लिग भलिबल च्याम्पियनसिपमा महिला तर्फ साविक विजेता नेपाल एपीएप क्लवले विजयी सुरुवात गरेको छ ।

शुक्रबार विहान त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कर्भडहलमा भएको खेलमा एपीएफले डोरपाटन स्पोर्टस क्लवलाई तीन शुन्यको सोझो सेटमा हरायो । जारी प्रतियोगितामा ढोरपाटनको लगातार दोस्रो हार हो । पहिलो खेलमा ढोरपाटन न्यू डायमण्डसँग पराजित भएको थियो ।

आजको खेलमा एपीएफले २५–३, २५–९ र २५–५ को सेटमा हरायो । खेलको सुरुवात देखि नै कमजोर टिम ढोरपाटनविरुद्ध एपीएफले दबाव दिएको थियो ।

जसमा पहिलो सेट एपीएफले २५–३ ले जित्यो भने दोस्रो सेटमा २५–९ को जित निकाल्यो । यस्तै तेस्रो सेटमा पनि २५–५ ले विजयी हुँदै एपीएफले तीन अंक हात पार्यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey