Mega Bank

बिराटनगर गिरिजाप्रसाद कोइराला फुटबलको फाइनलमा

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-१२-१९
  • |
  • 187 पटक हेरिएको

सुनसरी चैत्र १९गते –बिराटनगर महानगरपालिका इटहरीमा जारी स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहिबार सम्पन्न अन्तिम सेमीफाइनल खेलमा सुनसरीको धरान उपमहानगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै बिराटनगर महानगरपालिकाले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

बिराटनगरको जितमा सुशान्त तामांङ र भुवन बस्नेतले एक एक गोल गरे । धरानको तर्फबाट तपन कार्कीले एक गोल गरे ।

निकै नै प्रतिष्पर्धात्मक खेलको १५ औ मिनेटमा बिराटनगरका सुशान्त तामांङले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । ‘

त्यसको सात मिनेटपछी खेलको २२ औ मिनेटमा धरानका तपन कार्कीले १ गोल गरी खेललाई बराबरीमा ल्याए । पहिलो हाफ एक एक गोलको बराबरी अवस्थामा सकियो ।

दोस्रो हाफको २८ औ मिनेटमा बिराटनगरका भुवन बस्नेतले निर्णायक गोल गर्दै बिराटनगरलाई बिजयी गराए । खेलको म्यान अफ द म्याच बिजयी टिम बिराटनगरका रमेश राजबंशी घोषित भए ।

भर्खरै

Advertisement