स्वस्तिश्री गुरुकुलको हिटिङ पौडी पोखरी शनिबार उद्घाटन गरिने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१९
  • |
  • 944 पटक हेरिएको

काठमाडाैंकाे सानो भर्‍याङस्थित स्वस्तिश्री गुरुकुलले हिटिङ पौडी पोखरी सञ्चालनमा ल्याउने भएको छ ।

स्वस्तिश्रीका अध्यक्ष रामकृष्ण चित्रकारले अन्तर्राष्ट्रिय स्तरको हिटिङ पौडी पोखरीको शनिबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले औपचारिक उद्घाटन गर्ने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

विद्यालय हातामा पौडी पोखरी बाहेक फुटसल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, स्केटिङ, कराते, जिम हलका संरचना पनि रहेको स्वस्तिश्रीका प्राचार्य डा. हिमलाल घिमिरेले जानकारी दिए ।

अध्यक्ष चित्रकारले विद्यालयमा रहेका खेलकुदका संरचनालाई सरोकारवालालाई आवश्यक परेको खण्डमा सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले निजी स्तरबाट खेलकुदका स्तरीय पूर्वाधार निर्माण हुनु सकरात्मक पक्ष भएको बताउदै यस्ले भविष्मा देशलाई योगदान दिने खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

सेप्टेम्बरमा सर्बियामा हुने आईएसएफ यु–१५ वल्र्ड स्कुल स्पोर्ट गेम्स र अक्टोबरमा चीनमा हुने १८ औं आईएसएफ जिम्नासाइडमा स्वस्तिश्रीका विद्यार्थीले पनि भाग लिने जानकारी गराइयो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey