आठौं सहकारी कप बुद्धिचाल प्रतियोगिता शुक्रबारदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१९
  • |
  • 673 पटक हेरिएको

ललितपुर स्पोट्र्स क्लव र ताम्रकार समाजको आयोजनामा गणेसमान सिंह स्मृति फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।

ललितपुर स्पोट्र्स क्लव र ताम्रकार समाजको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिता सर्वाधिक पुरस्कार राशीको रहेको छ । कुल पुरस्कार राशी ५ लाख ६१ हजार ४ सय रहेको छ ।

यस्तै विजेतताले यमाहा स्यालुटो मोटरसाइकल पुरस्कार हात पार्ने छन् । यसैगरी उप विजेताले ६० हजार, तेस्रो स्थानमा आउनेले ३० हजार र चौथो हुनेले २५ हजार प्राप्त गर्ने छन् ।

६४औं सहकारी दिवसको उपलक्ष्यमा सहकारी दिवस मूल समारोह समित ललितपुरको समन्वयमा हुने प्रतियोगिता लिग कम नकआउट को आधारमा खेलाइने छ ।

सातौ चरणको स्विस लिगबाट सेमिफाइनलमा चार जना खेलाडीहरु प्रवेश गर्नेछन् । बाँकी खेलाडीहरुले स्वीस लिग प्रणाली अनुसार नवौ चरणसम्म खेल्नु पर्नेछ ।

यो चरणको बिजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार नगर हात पार्नेछन् । यसैगरी चौथौं देखि १५औं सम्मलाई पनि नगद पुरस्कार राखिएको छ ।

साथै १८०० रेटेड, १६०० रेटेड मुनि, महिला, अनरेटेड, भेट्रान, यु १६ र वेष्ट ललितपुरलाई पनि नगद प्रदान गरिने पनि विहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

नेपालका उच्च रेटेड खेलाडी रुपेश जैसवाल, पूर्व नेपाल च्याम्पियनहरु बद्रिलाल नेपाली, नविन तण्डुकार, सुरविर लामा, पुन्यमान कर्माचार्य सहित शिर्षस्थ खेलाडीहरु सजिन महर्जन, सुमन राई, सुमित पन्त, महिला च्याम्पियन सुजना लोहनी, सिन्दीरा जोशी, विनिता कपाली लगायत १५० जना खेलाडीहरुको सहभागिता रहने पनि जनाइएको छ ।

प्रतियोगिता संचालन गर्न कुल १५ लाख खर्च हुने अनुमान गरिएको छ । उपत्यका बाहिरबाट सहभागि हुने खेलाडीहरुलाई आवासको पनि व्यवस्था गरिएको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक राजु ताम्राकारले जानकारी दिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey