राष्ट्रिय रिङ रेस्लिङको तयारी पुरा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१९
  • |
  • 738 पटक हेरिएको

दोश्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । बहिवार पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्की सदस्य नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले  जानकारी गराएकी छन् ।

राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश सरकार, पोखरा महानगर पालिका लगायतको सहयोग रहेका प्रतियोगिताको अनुमानित बजेट  २९ लाख रहेको  श्रेष्ठले बताईन् ।

पोखरा रगंशालाको बहुउद्धेश्यिय कभर्डहलमा आयोजना हुने प्रतियोगितामा नुवाकोटे टाईगर, थागु, द यूव, डेभिड, साईन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलाशा, चट्टान, लेडी एञ्जल, किङ रोवर्ट, तन्नु, सिजे, यूविएल, एससी, हुम्ली फाइटर, योगी, जोन लगायत महिला तथा पुरुष खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्  । प्रतियोगिताको उपाधि बिजेताले नगद १ लाख सहित च्याम्पियन वेल्ट तथा उपविजेताले  नगद  ५० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक समेत रहेकी श्रेष्ठले जानकारी दिईन् ।

नेपाल रिङ रेस्लिङ संघले पर्यटकिय नगरी पोखरामा २०७३ सालमा  पहिलो संस्करण गरेको स्मरण गराउदै भनिन् २०७४ सालमा हामीले नेपाल भारत मैत्रिपुर्ण खेल र  अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सफलतापूर्वक  सम्पन्न गरेको जानकारी गराईन् ।

पत्रकार सम्मेलनमा राखेपका कार्यकारी सदस्य यकेन्द्र कुवँर, राखेप सदस्य राजेश गुरुङलगायतले खेलको सफलताको कामना गरेका थिए ।
हामीले नेपालमा रिङ रेस्लिङ खेलको विकास तथा विस्तारका लागि खेलाडीको उत्पादन सँगै निरन्तर रुपमा तालिमको ब्यबस्थापन गर्न रिङ रेस्लिङ्ग एकेडेमीकोे स्थापना समेत गरेका छौं श्रेष्ठले भनिन् ।

हाल एकेडेमीमा नेपालका चर्चित रेस्लर नुवाकोटे टाइगर ९कमल तामाङ्ग०ले नियमित रुपमा खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका छन् । संघले खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण दिने व्यवस्था समेत गरेको र खेलाडीलाई विदेशमा समेत सहभागी गराउँदै आएका श्रेष्ठले जनाईन् ।

चैत्र २० गते शुरु हुने २ दिने प्रतियोगितामा प्रदिप पाण्डे, विकास खड्का र शिसम मैनी रेफ्रीको भूमिका निर्वाह गर्ने छन् भने नेपालका ख्याती प्राप्त हास्य कलाकार सन्दिप क्षेत्रीको विशेष प्रस्तुति समेत रहने छ ।  कार्यक्रम सञ्चालन दिक्षा कार्कीले गर्ने छिन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey