मेयर कप महिला क्रिकेटका लागि लुम्बिनी टिमकाे घाेषणा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१९
  • |
  • 550 पटक हेरिएको

शनिबारबाट कीर्तिपुर क्रिकेट मैदानमा सुरु हुने ललितपुर मेयर कप महिला टी २० प्रतियोगिताका लागि लुम्बिनी प्रदेशले टिमको घोषणा गरेको छ ।

नेरी थापाको कप्तानीमा रहेको टिमको उपकप्तान सरस्वती पुन रहेकी छिन । लुम्बिनीले १४ खेलाडीको टिमको घोषणा गरेको छ ।

दाङको लमहीमा भएको पीएम कप महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको टिम लुम्बिनीले मेयर कपको पहिलो खेलमा ललितपुर मेयर ११ विरुद्ध पहिलो खेल खेल्नेछ । यो खेल आइतबार अर्थात चैत २२ गते हुनेछ ।

यस्तै लिगको दोस्रो खेलमा लुम्बिनीले २३ गते प्रदेश एकसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै तेस्रो खेलमा सुदरपश्चिमसँग खेल्नेछ भने अन्तिम खेलमा एपीएफसँग आमनेसामने हुनेछ ।

लुम्बिनी टिम

नेरी थापा (कप्तान), सरस्वती पुन (उपकप्तान), सवतिका बजगाई, सरिता जिसी, सरस्वती जीएम, लक्ष्मी रोक्कामगर, लक्ष्मी चौधरी, मधु डिसी, क्रितिका मरासिटी, नितु भण्डारी, एलिसा केसी, बर्षा राना, सुस्मिता भुषाल, जिज्ञाशा थापा

बैकल्पिक खेलाडीमा आश्मा पुलामी, सोनम पुन र क्रिति सेन छन । प्रशिक्षकमा सञ्जु क्षेत्री छन भने टिम ब्यवस्थापकमा उमा अधिकारी रहेका छन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal