मेयर कपका लागि प्रदेश एककाे प्रशिक्षकमा विरू श्रेष्ठ नियुक्त

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१९
  • |
  • 624 पटक हेरिएको

शनिबारबाट सुरु हुने ललितपुर मेयर कप महिला टी २० प्रतियोगिताका लागि प्रदेश एक टिमको प्रशिक्षकमा विरु श्रेष्ठ नियुक्त भएका छन । यस्तै म्यानेजरमा रोजी राईलाई जिम्मा दिइएको छ ।

प्रदेश एक क्रिकेट संघको कार्यसमितीको बैठकले मेयर कप महिला क्रिकेटका लागि दुबै जनालाई नयाँ जिम्मेवारी दिएको हो । यसका साथै सो बैठकले टेक्निकल कमिटीको संयोजक प्रदिप राज पाण्डे र छनौट समितीका सदस्य राजकुमार प्रधानको राजिनामालाई स्विकृत गरेको छ ।

उनीहरुको स्थानमा अर्को बैठकमा नयाँ ब्यक्ति चयन गरिने भएको छ । सो समयसम्म छनौट समितीको जिम्मा मनोज कटुवाललाई दिइएको छ ।

यस्तै सो बैठकले हाल बैजनाथपुरमा बनिरहेको क्रिकेट रंगशालालाई चाँडो भन्दा चाँडो निर्माण सम्पन्न गरेर खेल्न योग्य मैदान बनाउन प्रादेशिक क्रिकेट संघबाट पहल गर्ने निर्णय गरिएको छ ।

बुधबारमात्र प्रादेशिक क्रिकेट संघ रुविना क्षेत्रीको कप्तानीमा मेयर कप क्रिकेटका लागि टिमको घोषणा गरेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey