Mega Bank

किरण एएफसीकाे साताकाे उत्कृष्ट खेलाडीकाे मनाेनयनमा, अरू काे काे खेलाडी ?

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-१२-१९
  • |
  • 135 पटक हेरिएको

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ एएफसीको साताको राष्ट्रिय टिमको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन ।

एएफसीले पछिल्लो पटक भएका खेलमा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । जसमा १० जना खेलाडीलाई राखिएको छ ।

यो मनोनयनमा किरणसँगै ताजिकिस्तानका एलिसेर जाहालिलोभ, जोर्डनका मुसा अल तामारी, बहराईनका मोहमेद मरहुन, इराकका अला अली महावी, साउदी अरेवियाका सलेह अल सेहरी, इरानका सरदार अज्मोउन, जापानका युया ओसाका, कतारका मोहमेद मुन्तारी र यूएईका अली मब्खोतुन रहेका छन ।

सबैले आफ्नो देशका लागि खेल्दा गरेको प्रदर्शनका आधारमा मनोनयनमा परेको एएफसीले जनाएको छ । जसमा किरणले तीन खेल खेल्दा एक गोल खाएका छन भने दुई खेलमा क्लिनसिट रहेका थिए । उनले नेपालमा भएको थ्री नेशन्स कपमा किर्गिस्तानको यू २३ र बंगलादेशविरुद्ध लिग चरणमा क्लिनसिट बनेका थिए भने फाइनलमा बंगलादेशसँग एक गोल खाएका थिए ।

भर्खरै

Advertisement