आफ्नै दाईका लागि भगवान जस्तै बनेका रोनाल्डो

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१९
  • |
  • 460 पटक हेरिएको

नेप्लेज | क्रिस्टियानो रोनाल्डो यस दशकककै सर्वोतकृष्ट खेलाडीको रुपमा चिनिन्छन् । ५ पटकको बलुन डि ओर विजेता रोनाल्डोको संघर्षको कहानी पढ्न र सुन्न पाइन्छ । उनी सबैका लागि प्रेरणाका श्रोत बनेका छन् । तर रोनाल्डोले सफलता पाएपछि पनि धेरै ठुला समस्याको सामना गर्नुपरेको थियो । उनीभन्दा १० वर्ष जेठो उनका दाई ह्युगो इभिरोका कारण रोनाल्डोलाई चुनौति खडा भएको थियो ।

आफ्ना बुबा डिनिस एभिरोले रक्सी पिउनु छाडेकोमा खुसी रहेका रोनाल्डो दाई ह्युगो रक्सी र ड्रग्सका कुलतमा फसेपछि चिन्तित भएका थिए । उनी आफ्ना दाईलाई कुलातबाट छुटकारा दिनका लागि हरदम प्रयासरत थिए र आज उनको प्रयास सफलतामा परिणत भएको छ । उनका दाई ह्युगो लामो रियाबको बसाईपछि पुरानै अवस्थामा फर्किएका छन् र रोनाल्डाको पोर्चुगलमा रहेको म्युजियम सम्हालिरहेका छन् ।

उनहिरु अहिले निकै करिबी भएका छन् । ह्युगोका छोराहरुका लागि त रोनाल्डो भगवान नै बनेका छन् । २०१४ मा एट्लेटिको मड्रिडबिरुद्ध ४–१ को जित निकाल्दै रियल मड्रिडले च्याम्पियन लिग जित्दा रोनाल्डोका दाई ह्युगो र रोनाल्डो भावुक मुद्रामा अंकमाल गरिरहेको भिडियो सार्वजनिक भएको थियो जसले रोनाल्डोको आफ्नो परिवारप्रतिको प्रेमलाई झल्काएको थियो ।

रोनाल्डोका बुबा पोर्चुगिज आर्मीको साथमा एंगोला गएको बेलमा ह्युगोको जन्म भएको थियो । उनले १७ वर्षमा स्कुल छाडेका थिए भने आल्मोनियम कम्पनिमा काम गर्न थालेका थिए । पछि उनी पेन्टिङ गर्न थाले ।

उनी त्यस समय स्ट्रिट फुटबलर थिए र उनका बचपनका साथिहरुका अनुसार ह्युगो त्यस समय रोनाल्डोभन्दा पनि उत्कृष्ट फुटबल खेल्थे । रोनाल्डो व्यवसायिक फुटबलर भएपछि भने ह्युगो उनका बुबा जस्तै जड्याँहा भएका थिए । उनका बुबा डिनिसको क्यान्सरका कारण निधन भएको थियो जब रोनाल्डो २० वर्षका थिए । उनका बुबाले रोनाल्डो फुटबल जगतमा चम्किएको देख्न पाएनन् ।

यसले रोनाल्डोमा डर पैदा गराएको उनकी आमा डोलोरेस बताउँछिन्‘उनी आफु निकटका सम्पुर्ण रक्सी पिउने र ड्रग्स खानेहरुलाई घृणा गर्दथे त्यसका जसका कारण पनि उनी आज यो स्थानमा छन्’ ।

२००५ मा आफ्ना बुबाको निधनले जिन्दगीले नयाँ मोड लिएको रोनाल्डो बताउँछन् ।

‘वास्तवमै मेरो बुबाले निधनले सबैकुरा परिवर्तन गरिदियो,मलाई गरिरहेको कामलाई निरन्तरता दिन निकै मुस्किल भएको थियो र त्यो पिडा मलाई अझै याद छ’ रोनाल्डोले भनेका छन् ।

जब रोनाल्डो ११ वर्षमा लिस्बानमा आएका थिए र उनले महिनाको १७० डलर कमाएका थिए तब उनको दाई ह्युगोको अवस्था नाझु्क भइसकेको थियो । त्यसपश्चात उनकी आमा डोलोरेसले ह्युगोलाई सुधार केन्द्र पठाइन् । ह्युगोलाई सुधार केन्द पठाउँदा आफु क्लिनरको रुपमा काम गरिरहेको स्मरण गर्दै उनकी आमाले उनको मासिक रकम तिर्नका लागि आफुले त्यो बेला उधारो पैसा जुटाउनु परेको बताइन् ।

जब रोनाल्डो १६ वर्षका भए त्यसपछि उनले धेरै पैसा कमाउन थाले र आफ्नो दाईको उपचारका लागि पैसा तिर्न थाले । रोनाल्डोकै सहयोगले ह्युगो आज जिउँदो रहेको उनकी आमाको विश्वास छ ।

‘कुनै शंका छैन,रोनाल्डोकै पैसाका कारण आज ह्युगो जिउँदो छ । रोनाल्डो फुटबलर नभएको भए धेरै कुराहरुमा भिन्नता हुन्थ्यो’ डोलोरेसले बताइन् ।

रोनाल्डोका छिमेकीका अनुसार त्यस समय ह्युगोका साथिहरुको संगतले गर्दा ह्युगो कुलतमा फसेका हुन् । रोनाल्डो ११ वर्षमै लिस्बान भएपछि ह्युगो बन्नबाट बचेको उनका छिमेकीहरु बताउँछन् तर आज रोनाल्डो जुन ठाउँमा छन् र जुन सफलता हासिल गरेका छन् त्सको पछि उनको कडा मिहिनेत त्याग र संघर्षकै काथा छ । जसले आज उनलाई विश्वकै उकृष्ट फुटबलरको रुपमा उभ्याएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey