रेफ्रीमाथि कुटपिट गर्ने ६ खेलाडी र प्रशिक्षक प्रतिबन्धमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१९
  • |
  • 281 पटक हेरिएको

खेलका बेला रेफ्रीमाथि कुटपिट गरेका ६ खेलाडी र एक प्रशिक्षकलाई मोरङ जिल्ला फुटबल संघले प्रतिबन्ध लगाएको छ।

प्रतिबन्धमा पर्ने खेलाडीमा राज तामाङ, सनम मुडीयारी, सोनम कार्की र पुस्कार राई छन्। उनीहरूलाई नेपालभर खेल्न नपाउने गरी २ वर्ष प्रतिबन्ध लगाइएको छ। यस्तै खेलाडी आकाश धिमाल र सनम तामाङलाई एक बर्षकाे महिनाको प्रतिबन्ध लागेकाे छ ।

प्रशिक्षक साजन खाम्बा लिम्बुलाई जिल्ला फुटबल संघले १८ महिनाको प्रतिबन्ध लगाएकाे छ । पथरी शनिश्चरे भुटानी सिविरले गरेको वडा स्तरीय फुटबल प्रतियोगिताका दौरान रेफ्री र सहायक रेफ्रीमाथि मंगलबार कुटपिट भएको थियो। सो खेलमा सुरक्षा दिन नसकेको कारणले आयोजकलाई ११ हजार जरिवाना लगाइएकाे छ ।

खेलमा पथरी सिविरले वडा नम्बर १० लाई १-० ले पराजित गरेको थियो। त्यसपछि खेलाडीहरू रेफ्री मनिस खड्का र सहायक रेफ्री जमुना मगरमाथि कुटपिटमा उत्रिएका थिए। कुटपिटबाट जमुनाको टाउकोबाट रगत आएको थियो।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal