पाचौं आरबीबी महिला तथा पुरुष राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगिता आजदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१९
  • |
  • 461 पटक हेरिएको

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको प्रायोजनमा आजदेखि काठमाडौंमा पाचौं आरबीबी महिला तथा पुरुष राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगिता शुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा पुरुषका सात टिमले प्रतिस्पर्धा गर्ने छन् ।
यसअघि पुरुषका आठ टिम रहने बताइए पनि अन्तिमसमयमा बुद्धटोल भलिबल क्लबले नखेल्ने बताएको छ ।

प्राविधिक कारण देखाउँदै बुद्धटोल प्रतियोगिताबाट बाहिर रहेको जनाएको हो । यस्तै, महिलाका भने ६ टिमको सहभागीता निश्चित भएको छ ।

पुरुषका सात टिममात्रै भएपछि लिग खेलपछि शीर्ष २ स्थानमा रहने टिमले फाइनल खेल्ने भएका छन् । प्रतियोगिताको पहिलो खेलमा महिलातर्फ न्यु डाइमण्ड स्पोर्ट्स क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ पहिलो दिन तीन खेल हुनेछ । पहिलो खेलमा नेपाल पुलिस क्लब र नयाँ बजार सामाजिक युवा क्लबको खेल हुनेछ ।

दोस्रो खेल एपीएफ विरुद्ध बुलबुले रारा क्लब तथा र त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेता महिला र पुरुषले ३ लाख हात पार्नेछन् । यस्तै उपवपजेताले १ लाख ५० हजार, तेस्रोले ७५ हजार र चौथो हुनेले ३७ हजार ५ सय पाउनेछन् ।

सर्वोत्कृष्ट खेलाडीले २५–२५ हजार पाउनेछन् भने उत्कृष्ट लिब्रो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । लिगको अनुमानित बजेट २८ लाख रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey