एनभीए क्लव लिग भलिबलमा बुद्धटाेलले नखेल्ने, पुरूषमा सात टिमकाे प्रतिस्पर्धा हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१८
  • |
  • 433 पटक हेरिएको

नेपाल भलिबल संघको आयोजनामा हुन लागेको आरबीबी महिला तथा पुरुष राष्ट्रिय क्लव लिग भलिबल प्रतियोगितामा पुरुषमा मात्र सात टिमको सहभागिता हुने भएको छ ।

भोली ९विहिबार० बाट सुरु हुने प्रतियोगितामा यसअघि पुरुषमा आठ टिम खेल्ने भनिएपनि अन्तिम समयमा बुद्धटोल भलिबल क्लवले नखेल्ने बताएको छ । सो टिमले प्राविधिक कारणले यो प्रतियोगिता नखेल्ने भलिबल संघलाई जनाएको छ ।

जसका कारण अब प्रतियोगिताको पुरुषमा सात र महिलामा ६ टिमको सहभागिता हुनेछ । जसका कारण संघले तयार पारेको खेल तालिकापनि परिवर्तन भएको छ । प्रतियोगितामा सिंगल लिगपछि शीर्ष दुईमा रहने टिमले फाइनल खेल्नेछन् ।

प्रतियोगिताको पहिलो खेलमा महिलातर्फ न्यु डाइमण्ड स्पोर्ट्स क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

पुरुषतर्फ पहिलो दिन तीन खेल हुनेछ ।  पहिलो खेलमा नेपाल पुलिस क्लब र नयाँ बजार सामाजिक युवा क्लबको खेल हुनेछ । दोस्रो खेल एपीएफ विरुद्ध बुलबुले रारा क्लब तथा र त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

खेल तालिका

प्रतियोगिताको विजेता महिला र पुरुषले ३ लाख हात पार्नेछन् । यस्तै उपवपजेताले १ लाख ५० हजार, तेस्रोले ७५ हजार र चौथो हुनेले ३७ हजार ५ सय पाउनेछन् ।

सर्वोत्कृष्ट खेलाडीले २५(२५ हजार पाउनेछन् भने उत्कृष्ट लिब्रो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले १०(१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

लिगको अनुमानित बजेट २८ लाख रहेको छ । लिगको मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैँक रहेको छ ।

लिगमा सहभागी हुने पुरुष टिम

हेल्प नेपाल स्पोर्ट्स क्लब, एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, नयाँबजार सामाजिक युवा क्लब, मणिमुकुन्द क्लब बुटबल र बुलबुले क्लब रारा

महिला टिम

एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, न्यु डायमण्ड स्पोर्ट्स क्लब, ढोरपाटन भलिबल ट्रेनिङ सेन्टर र भरतपुर मेट्रो खेलकुद परिषद्

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal