मेयर कप महिला क्रिकेटका लागि प्रदेश एक टिमकाे घाेषणा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१८
  • |
  • 726 पटक हेरिएको

ललितपुर महानगरपालिकाको सहयोग र नेपाल क्रिकेट संघको आयोजनामा यहि चैत २१ गतेबाट सुरु हुने मेयर कप महिला क्रिकेट प्रतियोगिताका लागि प्रदेश एक क्रिकेट टिमको घोषणा भएको छ ।

रुवीना क्षेत्रीको कप्तानीमा रहेको टिममा १४ खेलाडी समावेश गरिएको छ ।

टिममा यसअघि दाङमा भएको पीएम कप महिला क्रिकेट खेलेका खेलाडीलाई नै निरन्तरता दिइएको छ ।

पाँच टिमको सहभागिता रहेको प्रतियोगतामा प्रदेश एकले पहिलो खेलमा नै एपीएफसँग खेल्नेछ ।

त्यसपछि दोस्रो खेल लुम्बिनी प्रदेशसँग छ । लिगको तेस्रो खेलमा प्रदेश एकले सुदुरपश्चिम प्रदेश र अन्तिम खेलमा ललितपुर मेयर ११ टिमसँग खेल्नेछ ।

प्रदेश एककाे टिम यस्ताे छ

रूविना क्षेत्री (कप्तान), काजोल श्रेष्ठ (उपकप्तान), अप्सरी बेगम, रोमा थापा, संगीता  राइ, सबनम राइ, ज्योति दनवार, निंग्मा तामाङ्ग, निशा शाह, लकिता राजबंशी, अलिशा खडिया, स्मृति कटुवाल, प्रज्ञा कटुवाल, टिका शाह

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey