सुतेर खाने संघलाई खारेज गरिन्छ-सिलवाल

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१८
  • |
  • 658 पटक हेरिएको

 

नेपाल खेलकुद पत्रकार मञ्चले आफ्नो एकेडेमीको सुरुवात गर्ने भएको छ । मञ्चले दक्ष खेलकुद पत्रकार उत्पादन गर्ने लक्ष्यका साथ एकेडेमीको सुरुवात गर्ने घोषणा गरेको छ ।

मञ्चले एकेडेमीमा विभिन्न खेलसँग सम्बन्धित तालिमहरु दिनेछन । यसका साथै खेलकुद पत्रकार हुन चाहने इच्छुक ब्यक्तिलाई प्राक्टिकल पक्षमा सहयोग गर्नेछ ।

एनएसजेएफ एकेडेमीको युवा तथा खेलकुद मन्त्री दावा तामाङ तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले उद्घाटन गरे ।
नेपाली खेलकुद पत्रकारीतामा संगठित संस्थाका रुपमा काम गर्दै आएको मञ्चले बर्षेनी स्पोर्टस अवार्डपनि गर्दै आएको छ । यो संस्थामा नेपाली खेलकुद पत्रकारीतामा काम गर्ने अधिकांश पत्रकार संग्लग्न छन ।

कार्यक्रममा बोल्दै परिषद्का सदस्य सचिव रमेश सिलवालले नेपालमा रहेका च्याउसरि संघ जो निस्कृय अवस्थामा छन, उनीहरुलाई खारज गर्ने बताए । सिलवालले परिषद्मा दर्ता भएका सबै संघलाई काम गरेर देखाउन र काम नगरि बस्ने संघलाई खारेज गर्ने बताए ।

सिलवालले संघ भएर आफ्नो काम कर्तब्य पुरा गर्नेलाई चाँडै कारवाही हुने बताए । साथै उनले संघहरुलाई अडिट रिपोर्ट,आयब्ययको बिवरण सार्वजनिक गरेर राखेपलाई बुझाउन समेत बताए । साथै उनले यदि कुनै पनि संघले आफ्नो योजना र त्यसको कार्यान्वयनको पक्षलाई समेटेर आउछ भने त्यस्तालाई सहयोग गर्ने र सुतेर खाने संघलाई नराख्ने बताए ।

परिषद्मा दुई सय भन्दा बढि संघ दर्ता छन, तर त्यसको ६० प्रतिशत काम अनुदान रकम खाने र संघको आडमा विदेश जाने रहेका छन । यसका साथै कतिपय संघलाई त यसअघि पनि खारेज गरिसकिएको छ ।

एकै प्रकारका धेरै संघ हुँदापनि खेलाडीमा अन्योल कायमै रहेको छ । यतिमात्र होइन कतिपय संघले आफ्नो विधान अनुसार काम पनि गर्न सकेका छैनन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey