थ्री नेशन्स कप क्रिकेटः क्यानले करिव १० दिनकाे क्याम्प राख्ने, नयाँ खेलाडीकाे माैका पाउने संभावना कम

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१८
  • |
  • 822 पटक हेरिएको

नेपालमा आयोजना हुन लागेको थ्री नेशन्स कप क्रिकेट प्रतियोगिताको मिती नजिकिँदै गर्दा नेपाल क्रिकेट संघ क्यानले टिमको आधिकारीक क्याम्प १० दिनको मात्र राख्ने तयारी गरेको छ । यो प्रतियोगिताका लागि क्यानले अनौपचारिक रुपमा काठमाडौंमा उपलब्ध भएका खेलाडीलाई प्रशिक्षणमा सहभागि हुन भनेको छ ।

तर क्यानले आधिकारीक रुपमा टिमको प्रशिक्षण प्रतियोगिताको १० दिन अगाडीबाट सुरु गर्ने योजना बनाएको छ । हाल काठमाडौंमा रहेका केहि खेलाडीलाई प्रशिक्षक डेभ ह्वाटमोरसँग प्रशिक्षणका लागि सहभागि हुन भनिसकेको छ र उनीहरुले दुई दिन अगाडीबाट प्रशिक्षण सुरु पनि गरिसकेका छन ।

अब क्यानले यो प्रतियोगिताका लागि बढिमा २० जना खेलाडीलाई प्रशिक्षणमा राख्ने योजना बनाएको छ । अघिल्लो पटक ओमानमा हुने भनिएको त्रिकाणात्मक सिरिजका बेला दोस्रो चरणमा रहेका खेलाडीबाट नै यो प्रतियोगिताका लागि तयारीमा बोलाइने भएको छ ।

कीर्तिपुरमा हुने प्रतियोगिताका लागि नयाँ खेलाडीले मौका पाउने संभावना निकै कम रहेको छ । अघिल्लो पटक क्याम्पमा रहेका खेलाडीबाट नै यसपटक प्रशिक्षणका लागि खेलाडी बोलाउने तयारी हरेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले बतायो । यसका लागि प्रशिक्षक र छनोटकर्तासँग समन्वय गरेर अन्तिम टुंगो लाग्ने बताए । मलेसिया र नेदरल्याण्ड्सको सहभागिता हुने थ्री नेशन्स कप क्रिकेटका लागि क्यानले मैदानको तयारीपनि सुरु गरिसकेको छ ।

प्रतियोगिताका लागि मलेसिया र नेदरल्याण्ड्स करिव एक साता अगाडी नेपाल आउने योजना रहेको छ । उनीहरु नेपाल आएर पीसीआर परिक्षण र नेपालको हावापानीसँग घुलमिल हुनपनि केहि चाँडो आउन लागेका हुन ।

नेपालमा कोरोना भाइरसका महामारी सुरु भएपछि क्रिकेट टिमले पहिलो अन्तराष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो । प्रतियोगिता बैशाख चार देखि ११ गतेसम्म हुने । जसमा डबल राउण्डरोविनका आधारमा हुने टी २० प्रतियोगिताको शिर्ष दुई टिमले फाइनलमा स्थान बनाउनेछन ।

प्रतियोगिताको ब्यवस्थापनको जिम्मा एएनएस क्रियसनले लिएको बताइएको छ । प्रतियोगिताको पुरस्कार राशीका बारेमा क्यानले चाँडै जानकारी दिने बताइएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey