त्रिदेशीय फुटबलकाे उपाधि विजेता खेलाडीलाई एन्फाकाे विशेष सम्मान

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१७
  • |
  • 487 पटक हेरिएको

३७ बर्षपछि घरेलु मैदानमा अन्तराष्ट्रिय फुटबलको उपाधि जितेको नेपाली राष्ट्रिय फुटबल टिमलाई अखिल नेपाल फुटबल संघ एन्फाले विशेष पुरस्कार दिने भएको छ ।

एन्फाले आज विज्ञेप्ती जारी गर्दै त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता टिमले पाएको पाँच हजार अमेरीकी डलर टिमलाई बाढ्ने र एन्फाले आफ्नो तर्फबाट थप जनही एक एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

नेपालले सन् १९८४ मा अन्तराष्ट्रिय उपाधि जितेपछि घरेलु मैदानमा पहिलो उपाधि हात पारेको हो । यसअघि दक्षिण एशियाली खेलकुद सागको स्वर्ण जितेपनि त्यो यू २३ टिम रहेको थियो ।

फिफा विश्वकप छनौटका खेलहरु स्थगित भएको अवस्थामा खालि रहेको समयमा एन्फाले दुई देशलाई बोलाएर घरेलु मैदानमा प्रतियोगिता गराएको हो । जसमा नेपालले दुई खेलमा गोल नै नगरी फाइनलमा पुगेको थियो । तर फाइनलमा भने बंगलादेशलाई दुई एकले हराएको थियो ।

नेपालका लागि सञ्जोग राईले डेब्यु गोल गर्दा विशाल राईले अर्को गोल गरेका थिए ।

खेलाडीले दिएको सफलताको कदर गर्दै एन्फाले पुरस्कारबाट आएको रकमका साथै थप जनही एक एक लाख रुपैयाँ खेलाडीलाई दिने घोषणा गरेको छ ।

अब मुख्य कुरा, एन्फाले अहिले घोषणा गरेको रकम खेलाडीले कहिले हात पार्छन भन्ने मात्र रहेको छ ।

यसअघिपनि एन्फाले खेलाडीको प्रोत्साहन बढाउन हतारमा पुरस्कारको घोषणा गर्ने तर समय नदिने हुँदा खेलाडीले नै वाक्क बनेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey