बंगलादेशविरुद्धको टी-२० सिरिज न्यूजिल्याण्डको पक्षमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१७
  • |
  • 448 पटक हेरिएको

बंगलादेशविरुद्धको दोस्रो टी २० खेलमा न्यूजिल्याण्ड २८ रनले विजयी भएको छ । जितसँगै न्यूजिल्याण्डले तीन खेलको सिरिज आफ्नो पक्षमा पारेको छ ।

घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले १७ ओभर पाँच बलमा पाँच विकेट गुमाउँदै एक सय ७३ रन बनाएको अवस्थामा बर्षाले खेल रोकिएको थियो ।

जसका कारण त्यसपछि न्यूजिल्याण्डको पारी संभव हुन सकेन । मध्यम सुरुवात गरेको न्यूजिल्याण्डले ३६ रनमा पहिलो विकेट गुमायो भने ५५ रनमा तेस्रो विकेट खेर फाल्यो । उसका ओपनर फिन एलेन १७ रनमा आउट भए भने मार्टिन गुप्टिल २१ रनमा पेभेलियन फर्किए ।

यस्तै डेभोन कोनवे १५ रनमा आउट हुन पुगे । त्यसपछि विल योङ ब्यक्तिगत १४ रनमा पेभेलियन फर्किदा न्यूजिल्याण्डले ९४ रनमा चौथो विकेट खेर फाल्यो ।

न्यूजिल्याण्डका लागि ग्लेन फिलिप्सले ५८ रन बनाए भने डारेल मिचेलले ३४ रनको योगदान गरे । बलिङमा मेहदी हसनले दुई विकेट लिए ।

बर्षाका कारण डकवर्थ एण्ड लुइसको नियमका आधारमा बंगलादेशले १६ ओभरमा एक सय ७१ रनको लक्ष्य पायो । तर बंगलादेशले पुरै ओभरमा खेलेर ७ विकेट गुमाउँदै एक सय ४२ रन बनाउन सक्यो ।

उसका लागि मोहम्मद नइमले ३८, सौम्य सरकारले ५१ तथा कप्तान महमुदुल्लाहले २१ रन बनाएपनि बाँकी खेलाडीले राम्रो गर्न सकेनन् ।

१३ रन हुँदा पहिलो विकेट गुमाएको बंगलादेशका लागि नइम र सौम्य सरकारले दोस्रो विकेटका लागि ८१ रनको साझेदारी गर्दै पारी सम्हाल्ने कोसिस गरेका थिए ।

तर सौम्य सरकार आउट भएपछि बंगलादेशको पारी धरमरायो । त्यसपछि उसले अरु ३२ रन जोड्दा पाँच विकेट गुमाउन पुग्यो । लिटोन दाश ६ रनमा आउट भए भने अफिफ हुसेन मात्र दुई, मोहम्मद मिथन एक रनमा आउट भए ।

बलिङमा न्यूजिल्याण्डका टीम साउथी, हमिस बेनेट र एडम मिल्नेले दुई दुई विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey