नेपाल सुपर लिगका लागि राष्ट्रिय खेलाडी ‘रिलिज’

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१७
  • |
  • 342 पटक हेरिएको

बैशाखमा हुने नेपाल सुपर लिगका लागि अखिल नेपाल फुटबल संघ एन्फाले खेलाडी रिलिज गरेको छ । त्रिदेशीय कप फुटबल प्रतियोगिताको उपाधि जितेको दोस्रो दिनबाट नै एन्फाले एनएसएलका लागि खेलाडी रिलिज गरेको हो ।

नेपालमा पहिलो पटक हुन लागेको एनएसएलमा हाल राष्ट्रिय टिममा रहेका प्रायः खेलाडी अनुबन्धित छन । जसका लागि यदि टिमले बोलाएको खण्डमा उनीहरुले जान पाउने भएका छन । त्रिदेशीय कपको उपाधि जितेपछि नेपाली खेलाडीले बुधबार होटेल छोड्ने भएका छन ।

नेपाल सुपर लिगमा सहभागि सात वटा टिममा राष्ट्रिय खेलाडीहरु मार्की र अक्सनबाट अनुबन्ध भइसकेका छन । अब ती टिमहरुले पनि आफ्नो प्रशिक्षणको योजना बनाउन सुरु गरेका छन । जसका लागि एन्फाले पनि खेलाडीलाई समयमा नै रिलिज गर्ने चाहना राखेर यो कदम चालेको हो ।

यता आर्मीका खेलाडी भने चैत २५ गते हुने एएफसी कप खेलेपछि मात्र एनएसएलका लागि जानेछन । सो टिमले घरेलु मैदानमा श्रीलंका पुलिससँग खेल्दैछ ।

नेपालबाट क्लव लाइसेन्स पाउने पहिलो टिम बनेको आर्मीले अन्तिम समयमा एएफसी कप छनौट खेल्न पाएको हो । बाँकी खेलाडीमा मार्कीका रुपमा विशाल राई धनगढीबाट, विशाल श्रेष्ठ बुटवल लुम्बिनी, भरत खवास चितवन, नवयुग श्रेष्ठ पोखरा, रञ्जित धिमाल विराटनगर, अञ्जन विष्ट चितवन र विकेश कुथु काठमाडौं रेजर्सको कार्मी खेलाडी छन । यस्तै अक्सनबाट सबै टिमले १४ खेलाडीलाई अनुबन्ध गसिकेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey