बलियाे नेपाल कप क्रिकेटका लागि ‘ट्यालेन्ट हन्ट’ धमाधम हुँदै

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१७
  • |
  • 434 पटक हेरिएको

क्विन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजना र बलियो नेपालको पोषण अभियानको सहयोगमा दाङको लमहीमा हुने यू १६ बलियो नेपाल कप क्रिकेट प्रतियोगिताका लागि यतिबेला लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा नै ट्यालेन्ट हन्ट कार्यक्रम भइरहेका छन ।

लुम्बिनी प्रदेशमा रहेका १२ वटा जिल्लामा फरक फरक समयमा ट्यालेन्ट हन्टको कार्यक्रम भइरहेका छन ।

यस्तैमा रुपन्देही, दाङ, प्युठान छनौट कार्यक्रम भएका छन । क्विन्स इभेन्ट्सले जिल्ला संघको सहकार्यमा ट्यालेन्ट हन्ट कार्यक्रम गरिरहेको हो । ट्यालेन्ट हन्ट कार्यक्रम यहि १८ गतेसम्म हुनेछ ।

त्यो कार्यक्रमबाट छनौट भएका उत्कृष्ट खेलाडीको टिमले दाङको लमहीमा अप्रिल तीन देखि १० तारिखसम्म प्रतियोगिता खेल्नेछन ।

यो कार्यक्रम युवा खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ गरिएको बताइएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey