नेक्सस कपमा काठमाडौं र बालुवाटार विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१६
  • |
  • 535 पटक हेरिएको

काठमाडौं, मस– कागेश्वरी मनोहरा नगरपालिकाका नेक्सस कप यु १६ क्रिकेट प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । मूलपानी मैदानमा शुरु भएको प्रतियोगिताको नगरपालिकाका मेयर कृष्णहरि थापाले उद्घाटन गरेका थिए ।

नेक्सस क्रिकेट एकेडेमी र कागेश्वरी मनोहरा नगर खेलकुद बिकास समितिको संयुक्त आयोजनामा आजबाट संचालन भएको नेक्सस कपसिजन ४को उद्घाटन समारोह लाई सम्बोधनगर्दै मेयर थापाले ग्रासरुट क्रिकेट बिकासमा नगरपालिकाले पहलगर्ने प्रतिबद्धता जनाए ।
सोमबार सम्पन्न भएको पहिलो खेलमा आयोजक नेक्सस क्रिकेट एकेडेमीबीलाई १८९ रनले पराजितगर्दै काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरले बिजयी यात्रा शुरु गरेको छ । यस्तै अर्को खेलमा बालुवाटार क्रिकेट क्लब काठमाडौंले एन्जल स्पोटर्स एकेडेमीलाई १८ रनले पराजित गरेको छ ।

पहिलो खेलमा टस हारेर ब्यटिङ कोनिम्तो पाएको काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरले निर्धारित २० ओभर खेल्दै १ बिकेटको क्षेतीमा २६६ रनको बिसाल योगफल बनाएको थियो । नेक्सस कपको चौथो संस्करण सम्म पुग्दा उक्त स्कोर हाल सम्मकै उच्च हो । काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरका दिपक डुम्रेले ७४बलमा १५ छक्का र १४ चौकाप्रहार गर्दै १८२ रनको अभिजित पारी खेलेका थिए । उनले नेक्सस कपको हाल सम्मकै बढी स्कोर पनि बनाएका छन् । अर्का ब्याटसम्यान समिर वलीले ९ चौका १ छक्का को मद्दतले ४३ बलमा ५३ रन बनाएका थिए । बलिङतर्फ नेक्सस बी का सुमन गिरीले १ बिकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रेको नेक्ससबी ले १६.२ओभरमा सबै बिकेट गुमाउँदै ७७ रन मात्र बनाउँदा बिशाल अन्तरले हार ब्यहोरेको छ । नेक्सस बी का ब्याट्सम्यान बिबेक न्यौपानेले २८ रन र दिब्य भुषालले १८ रन बनाउँदा अन्य बट्सम्यान ले दोहोरो अंकमा रन बनाउन सकेनन ।
बलिङतर्फ काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरका म्यान अफ द म्याच घोषित दिपक डुम्रे ले ४ बिकेट र सबिन थापाले २ बिकेट लिएका थिए ।
दोस्रो खेलमा टस जितेर ब्यटिङ रोजेको बालुवाटार क्रिकेट क्लबले निर्धारित २० ओभरमा १६.३ ओभर खेल्दै सबै विकेट गुमाउँदै ९८ रन बनाएको थियो । बालुवाटार क्रिकेट क्लबका ब्याट्सम्यान निकेश गुप्ताले १९ रन र निकेश थापाले १७ रन बनाएका थिए भने ४३ अतिरिक्त रन प्राप्तभएको थियो ।

बलिङतर्फ एन्जल स्पोटर्सका युबराज खत्री, अजय कुवर, बरुन गौतम र बिपिन न्यौपानेले समान २–२ बिकेट लिएका थिए ।
जवाफी ब्याटिङमा उत्रेको एन्जल स्पोटर्सले १६.१ओभर खेल्दै १० बिकेटगुमाएर ८० रनमै समेटिएको थियो । एन्जल स्पोटर्सका ब्याट्सम्यान रोजल राउतले २४ रन र पवन रायले २२ बनाएका थिए ।
बलिङतर्फ बालुवाटार क्रिकेट क्लबकाम्यानअफ द म्याच घोषित अमोङ पौडेलले ४ ओभर बलिङ गर्दै ११ रन खर्चैर ४ बिकेट लिए भने निकेश गुप्ताले ३ बिकेट र हृदय गिरीले २ बिकेट लिएका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey