३७ बर्षपछि नेपालले घरेलु मैदानमा उपाधि जित्न सफल, विराजकाे सुखद विदाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१६
  • |
  • 375 पटक हेरिएको

नेपाली फुटबल टिमले ३७ बर्षपछि घरेलु मैदानमा अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिदेशीय कप फुटबल प्रतियोगिताको फाइनलमा बंगलादेशलाई दुई एक गोलले हराउँदै नेपालले घरेलु मैदानमा बर्षौ देखिको उपाधिको खडेरीलाई तोड्न सफल भएको छ । १९९९ मा भएकाे साफमा नेपालले बंगलादेशसँग फाइनलमा हारेकाे थियाे । त्यसका बदला नेपालले २७ बर्षपछि लिएकाे छ । प्रशिक्षक बालगाेपाल महर्जनले पनि त्याे बेला खेलाडीहुँदा देशलाइ उपाधि जित्न नसकेका याे पटक प्रशिक्षककाे रूपमा जितेका छन ।

दशरथ रंगशालामा भएको खेलमा नेपालको जितमा सञ्जोक राई र विशाल राईले एक एक गोल गरे । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अथिती रहेको खेलको सुरुवात देखि नै नेपालले दबाव दिएको थियो । जारी प्रतियोगितामा एक गोल पनि नगरेर फाइनलमा पुगेको भन्दै आलोचना खेपेको नेपालले फाइनलमा भने उत्कृष्ट खेल्यो । खेलको १२ औं मिनेटमा सुनील बलको पासमा त्रिदेब गुरुङले राम्रोसँग कनेन्ट गर्न सकेनन् ।

१७ औं मिनेटमा सुनील बलको पासमा अनन्त तामाङको हेडरलाई बंगलादेशका गोलकिपर अनिसुर रहमानले बचाए । १८ औं मिनेटमा सञ्जोग राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले राष्ट्रिय टिमबाट दोस्रो खेलमा नै गोल गर्न सफल भए । उनको यो डेब्यु गोलपनि हो । यसका साथै नेपालले लगातार नौ खेलसम्म गोलको खडेरीलाई पनि तोडेको छ ।

२९ औं मिनेटमा अञ्जन विष्टले बंगलादेशी गोलकिपरलाई विट गरेको अवस्थामा बललाई हावामा बाहिर पठाए । ३५ औं मिनेटमा जमल भुयालको फ्रिकिकमा नभिदले गरेको हेडको प्रयास पोष्टको माथिबाट बाहिरीयो ।

४२ औं मिनेटमा नेपालले अन्तर दुई शुन्यमा पुर्यायो । यसपटक विशाल राईले गोल गर्न सफल भए । उनले बंगलादेशको डिफेन्सको कमजारीको फाइदा उठाँउदै उत्कृष्ट फिनिस गरे ।

४४ औं मिनेटमा अनन्त तामाङले उत्कृष्ट मौका गुमाए । सुनील बलको पासमा उनले डिबक्समा गोलको राम्रो प्रयास गरेपनि फ्रेममा रहन सकेन ।
पहिलो हाफमा दुई गोलको अग्रता बनाएको नेपालले खेलको ५५ औं मिनेटमा अर्को मौका सिर्जना गरेको थियो । तर बंगलादेशी डिफेन्डरले नेपालको मौकालाई विफल पारे । त्यसको लगत्तै फेरी नेपालले अर्को मौका पाएपनि गोल गर्न सकेनन् ।

६६ औं मिनेटमा विशाल राईको कर्नरमा अनन्त तामाङको हेडरलाई बंगलादेशी गोलकिपरले बचाए । ६७ औं मिनेटमा यासिर अराफातको डिबक्स भन्दा बाहिरबाट गरेको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो ।

७२ औं मिनेटमा त्रिदेव गुरुङको क्रसमा रवी पासवानले डिबक्समा बल नियन्त्रण गर्न नसक्दा उत्कृष्ट मौका गुमाए । खेलको ८३ औं मिनेटमा नेपालले गोल खान पुग्यो । बंगलादेशले आश्चार्यजनक रुपमा गोल गर्दै अन्तर दुई एकको अवस्थामा पुर्यायो ।

८८ औं मिनेटमा बंगलादेशका कप्तान जमल भुयालले गरेको फ्रिकिकलाई नेपाली गोलकिपर किरण चेम्जोङले बचाए । खेलको ८९ औं मिनेटमा करियरको अन्तिम खेल खेलिरहेका विराज महर्जन मैदान प्रवेश गरेका थिए । देशका लागि धेरै खेल खेल्ने खेलाडी रहेका विराजले आफ्नो करियरमा नेपालबाट ७३ खेल खेलेर सन्यास लिएका छन । उनी मैदान प्रवेश गरेपछि नियमित कप्तान किरण चेम्जोङले कप्तानको आर्म ब्याण्ड उनलाई दिएका थिए ।

करियरको अन्तिम खेलमा विराजले खेलको अन्तिम आठ मिनेट कप्तानी गरेका थिए । खेलको अन्तिममा बंगलादेशले केहि दबाव दिएपनि गोल फर्काउन सकेन । जसका कारण नेपालले उपाधि जित्न सफल भयो । यसका साथै अनुभवी खेलाडी विराज महर्जनको विदाईपनि टिमले सुखद गरेको छ । करियरको अन्तिम प्रतियोगिताको उपाधि जित्दै विराजले विदाई लिएका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey