Mega Bank

त्रिदेशीय कप फाइनलः बंगलादेशविरूद्ध नेपाल २-१ काे अवस्थामा

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-१२-१६
  • |
  • 272 पटक हेरिएको

त्रिदेशीय कप फुटबल प्रतियोगितामा नेपालले बंगलादेशविरुद्ध दुई एकको अग्रता बनाएको छ ।

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा नेपालका लागि सञ्जोक राई र विशाल राईले एक एक गोल गरे । १२ औं मिनेटमा सुनील बलको पासमा त्रिदेब गुरुङले राम्रोसँग कनेन्ट गर्न सकेनन् ।

१७ औं मिनेटमा सुनील बलको पासमा अनन्त तामाङको हेडरलाई बंगलादेशका गोलकिपर अनिसुर रहमानले बचाए ।

१८ औं मिनेटमा सञ्जोग राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले राष्ट्रिय टिमबाट दोस्रो खेलमा नै गोल गर्न सफल भए । उनको यो डेब्यु गोलपनि हो । यसका साथै नेपालले लगातार ८ खेलसम्म गोलको खडेरीलाई पनि तोडेको छ ।

२९ औं मिनेटमा अञ्जन विष्टले बंगलादेशी गोलकिपरलाई विट गरेको अवस्थामा बललाई हावामा बाहिर पठाए । ३५ औं मिनेटमा जमल भुयालको फ्रिकिकमा नभिदले गरेको हेडको प्रयास पोष्टको माथिबाट बाहिरीयो ।

४२ औं मिनेटमा नेपालले अन्तर दुई शुन्यमा पुर्यायो । यसपटक विशाल राईले गोल गर्न सफल भए । उनले बंगलादेशको डिफेन्सको कमजारीको फाइदा उठाँउदै उत्कृष्ट फिनिस गरे ।

४४ औं मिनेटमा अनन्त तामाङले उत्कृष्ट मौका गुमाए । सुनील बलको पासमा उनले डिबक्समा गोलको राम्रो प्रयास गरेपनि फ्रेममा रहन सकेन ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको नेपालले खेलको ५५ औं मिनेटमा अर्को मौका सिर्जना गरेको थियो । तर बंगलादेशी डिफेन्डरले नेपालको मौकालाई विफल पारे । त्यसको लगत्तै फेरी नेपालले अर्को मौका पाएपनि गोल गर्न सकेनन् ।

६६ औं मिनेटमा विशाल राईको कर्नरमा अनन्त तामाङको हेडरलाई बंगलादेशी गोलकिपरले बचाए । ६७ औं मिनेटमा यासिर अराफातको डिबक्स भन्दा बाहिरबाट गरेको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो ।

७२ औं मिनेटमा त्रिदेव गुरुङको क्रसमा रवी पासवानले डिबक्समा बल नियन्त्रण गर्न नसक्दा उत्कृष्ट मौका गुमाए ।

खेलको ८३ औं मिनेटमा नेपालले गोल खान पुग्यो । बंगलादेशका मामुबुल रहमानले गोल गर्दै अन्तर दुई एकको अवस्थामा पुर्यायो ।

भर्खरै

Advertisement