नेक्सस कपः काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर र बालुवाटार क्रिकेट क्लब बिजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१६
  • |
  • 506 पटक हेरिएको

काठमाण्डौ १६ चैत्र | काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा आज सोमबार कागेश्वरी मनोहरा नगरपालिका का मेयर कृष्ण हरी थापाले नेक्सस कप सिजन ४ अन्डर सिक्सटिन क्रिकेट प्रतियोगीताको उद्घाटन गर्नु भएको छ । नेक्सस क्रिकेट एकेडेमी र कागेश्वरी मनोहरा नगर खेलकुद बिकास समितिको संयुक्त आयोजनामा आज बाट संचालन भएको नेक्सस कप सिजन ४ को उद्घाटन समारोह लाई सम्बोधन गर्दै मेयर थापाले ग्रासरुट क्रिकेट बिकासमा कागेश्वरी मनोहरा नगरपालिका ले पहल गर्ने बताउनु भयो ।

सोमबार सम्पन्न भएको पहिलो खेल आयोजक नेक्सस क्रिकेट एकेडेमी बी लाइ १८९ रनले पराजित गर्दै काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरले बिजयी यात्रा शरु गरेको छ भने सोहि दिन सम्पन्न दास्रो खेल बालुवाटार क्रिकेट क्लब काठमाण्डौले एन्जल स्पोटर्स एकेडेमी लाई १८ रनले पराजित गरेको छ ।

आज सम्पन्न पहिलो खेलमा टस हारेर ब्यटिङ को निम्तो पाएको काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरले निर्धारित २० ओभर खेल्दै १ बिकेटको क्षेतीमा २६६ रनको बिसाल योगफल बनाएको थियो । नेक्सस कपको चौथो संस्करण सम्म पुग्दा उक्त स्कोर हाल सम्मकै उच्च हो । काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरका ब्याट्सम्यान दिपक डुम्रेले ७४ बलमा १५ छक्का र १४ चौका प्रहार गर्दै १८२ रनको अभिजित पारी खेलेका थिए उनले नेक्सस कपको हाल सम्मकै बढी स्कोर बनाएका छन । अर्का ब्याटसम्यान समिर वलीले ९ चौका १ छक्का को मद्दतले ४३ बलमा ५३ रन बनाएका थिए ।
बलिङ तर्फ नेक्सस बी का सुमन गिरीले १ बिकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रेको नेक्सस बी ले १६.२ ओभरमा १० बिकेट गुमाउदै ७७ रन मात्र बनाउदा बिसाल अन्तरले हार ब्यहोरेको छ । नेक्सस बी का ब्याट्सम्यान बिबेक न्यौपाने ले २८ रन र दिब्य भुषालले १८ रन बनाउदा अन्य बट्सम्यान ले दोहोरो अंक बनाउन सकेनन ।

बलिङ तर्फ काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरका म्यान अफ द म्याच घोषित दिपक डुम्रे ले ४ बिकेट र सबिन थापाले २ बिकेट लिएका थिए ।
दास्रो खेलमा टस जितेर ब्यटिङ रोजेको बालुवाटार क्रिकेट क्लब ले निर्धारित २० ओभरमा १६.३ ओभर खेल्दै १० बिकेटको क्षेतीमा ९८ रन बनाएको थियो । बालुवाटार क्रिकेट क्लब का ब्याट्सम्यान निकेश गुप्ताले १९ रन र निकेश थापाले १७ रन बनाएका थिए भने ४३ अतिरिक्त रन प्राप्त भएको थियो ।

बलिङ तर्फ एन्जल स्पोटर्सका युबराज खत्री,अजय कुवर, बरुन गौतम र बिपिन न्यौपानेलेसमान २÷२ बिकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रेको एन्जल स्पोटर्सले १६.१ ओभर खेल्दै १० बिकेट गुमाएर ८० रनमै समेटिएको थियो । एन्जल स्पोटर्सका ब्याट्सम्यान रोजल राउतले २४ रन र पवन रायले २२ बनाएका थिए ।

बलिङ तर्फ बालुवाटार क्रिकेट क्लब का म्यान अफ द म्याच घोषित अमोङ पौडेल ले ४ ओभर बलिङ गर्दै ११ रन खर्चैर ४ बिकेट लिए भने निकेश गुप्ताले ३ बिकेट र हृदय गिरीले २ बिकेट लिएका थिए ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey