त्रिदेशीय कप फाइनलः बंगलादेशविरूद्ध नेपाल २-० ले अगाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१६
  • |
  • 401 पटक हेरिएको

त्रिदेशीय कप फुटबल प्रतियोगितामा नेपालले बंगलादेशविरुद्ध दुई शुन्यको अग्रता बनाएको छ ।

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा नेपालका लागि सञ्जोक राई र विशाल राईले एक एक गोल गरे । १२ औं मिनेटमा सुनील बलको पासमा त्रिदेब गुरुङले राम्रोसँग कनेन्ट गर्न सकेनन् ।

१७ औं मिनेटमा सुनील बलको पासमा अनन्त तामाङको हेडरलाई बंगलादेशका गोलकिपर अनिसुर रहमानले बचाए ।

१८ औं मिनेटमा सञ्जोग राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले राष्ट्रिय टिमबाट दोस्रो खेलमा नै गोल गर्न सफल भए । उनको यो डेब्यु गोलपनि हो । यसका साथै नेपालले लगातार ८ खेलसम्म गोलको खडेरीलाई पनि तोडेको छ ।

२९ औं मिनेटमा अञ्जन विष्टले बंगलादेशी गोलकिपरलाई विट गरेको अवस्थामा बललाई हावामा बाहिर पठाए । ३५ औं मिनेटमा जमल भुयालको फ्रिकिकमा नभिदले गरेको हेडको प्रयास पोष्टको माथिबाट बाहिरीयो ।

४२ औं मिनेटमा नेपालले अन्तर दुई शुन्यमा पुर्यायो । यसपटक विशाल राईले गोल गर्न सफल भए । उनले बंगलादेशको डिफेन्सको कमजारीको फाइदा उठाँउदै उत्कृष्ट फिनिस गरे ।

४४ औं मिनेटमा अनन्त तामाङले उत्कृष्ट मौका गुमाए । सुनील बलको पासमा उनले डिबक्समा गोलको राम्रो प्रयास गरेपनि फ्रेममा रहन सकेन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal