बंगलादेशविरूद्ध नेपाल १-० ले अगाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१६
  • |
  • 642 पटक हेरिएको

त्रिदेशीय कप फुटबल प्रतियोगितामा नेपालले बंगलादेशविरुद्ध एक शुन्यको अग्रता बनाएको छ ।

दशरथ रंगशालामा जारी खेलमा सञ्जोग राईको गोलमा नेपालले अग्रता बनायो । १२ औं मिनेटमा सुनील बलको पासमा त्रिदेब गुरुङले राम्रोसँग कनेन्ट गर्न सकेनन् ।

१७ औं मिनेटमा सुनील बलको पासमा अनन्त तामाङको हेडरलाई बंगलादेशका गोलकिपर अनिसुर रहमानले बचाए ।

१८ औं मिनेटमा सञ्जोग राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले राष्ट्रिय टिमबाट दोस्रो खेलमा नै गोल गर्न सफल भए । उनको यो डेब्यु गोलपनि हो । यसका साथै नेपालले लगातार नौ खेलसम्म गोलको खडेरीलाई पनि तोडेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey