शाहको निधन

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१६
  • |
  • 562 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका लेखा अधिकृत विकासविक्रम शाहको आइतबार निधन भएको छ । ४५ वर्षे शाहको हृदयघाटका कारण निधन भएको हो ।

शाहको निधनको शोकमा आइतबारै राखेप हातामा श्रद्धाञ्जली सभा राखिएको थियो । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, सदस्यहरु रिम रानाभाट, सुभाष श्रेष्ठ, हरि खड्का, रेणुका श्रेष्ठलगायत कर्मचारीले शाहको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए । सोमबार खेलकुदका सम्पूर्ण कार्यालय बन्द रहने  छन् ।

शाह २०५३ साल असोज ४ गते लेखापाल पदमा राखेपको स्थायी सेवामा प्रवेश गरेका थिए । शाहलाई २०७० साल असोज ३१ गते लेखा अधिकृतमा विशेष बढुवा गरिएको थियो । शाहको पार्थिव शरीरलाई आइतबारै पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ । शाहका श्रीमति र छोरी छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey