Mega Bank

नेपालकाे टिममा २ खेलाडी परिवर्तन

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-१२-१६
  • |
  • 59 पटक हेरिएको

थ्रीनेशन्स कप फुटबल प्रतियोगिताको फाइनलमा अहिले नेपाल र बंगलादेशविच प्रतिस्पर्धा भइरहेको छ ।

जसमा नेपालको सूरुवाती ११ को घोषणा गरिएको छ । आजको खेलमा यसअघि टिममा रहेका अभिषेक रिजाल र रविशंकर पासवानलाई बेन्चमा राखिएको छ भने विशाल राई र सुनील बललाई सुरुवाती ११ मा स्थान दिइएको छ ।

किरण चेम्जोङको कप्तानीमा रहेको टिममा डिफेन्समा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी र रञ्जित धिमाल छन ।
मिडफिल्डमा तेज तामाङ, सन्जोक राई, सूनील बल, त्रिदेव गुरुङ छन भने स्ट्राइकरमा अन्जन विष्टमात्र रहेका छन ।

भर्खरै

Advertisement