एन्फाले फाइनलकाे टिकट मूल्य बढायाे

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१६
  • |
  • 717 पटक हेरिएको

अखिल नेपाल फुटबल संघ एन्फाले थ्री नेशन्स कप फुटबल प्रतियोगिताको फाइनलमा टिकटको मूल्य बढाएको छ ।

लिग चरणसम्मा साधारणतर्फ सात सय र भिआइपीको १५ सय रुपैयाँ टिकट राखेको एन्फाले फाइनलमा साधारणमा एक हजार र भिआइपीमा दुई हजा पुर्याएको छ ।

यो प्रतियोगिताका लागि एन्फाले कुल खर्च एक करोड हुने र आम्दानी एक करोड ५० लाख गर्ने योजना बनाएको थियो । तर टिकटको संख्या कम गराएपछि त्यसमा केहि चुक्ने देखिएको छ ।

एन्फाले सुरुवातमा १२ हजार टिकट विक्रि गर्ने बताएपनि पछि कोरोनाको डरका कारण सो टिकट बिक्रिको संख्या नौ हजारमा पुर्याएको छ ।

त्यसमा पनि नेपालको खेल हुँदा बढि टिकट विक्रि भएपनि पहिलो दिन मात्र तीन हजारको हाराहारीमा टिकट विक्रि भएको बताइएको छ । नेपाल र किर्गिस्तानको खेलका दिन करिव चार हजार पाँच सय टिकट विक्रि भएका थिए ।

प्रतियोगिताको फाइनलमा साँझ साँढे पाँच बजे नेपाल र बंगलादेश खेल्दैछन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal