Mega Bank

दुवै टिमकाे एउटै स्वर ‘गाेल गर्दै उपाधि जित्ने प्रयासमा छाैं’

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-१२-१५
  • |
  • 272 पटक हेरिएको

नेपाली राष्ट्रिय फुटबल टिम र बंगलादेशको राष्ट्रिय फुटबल टिमबीच सोमबार उपाधि भिडन्त हुँदै छ ।

राजधानीमा जारी त्रिदेशी फुटबल प्रतियोगितामा चार अंकका साथ बंगलादेशले फाइनलमा स्थान बनाउँदा नेपालले पनि २ अंक जोड्दै फाइनल स्थान पक्का गरेको थियो । यो प्रतियोगितामा कीर्गिस्तान पनि सहभाथि थियो ।

कीर्गिस्तान बंगलादेशसँग आत्मघाति गोलका कारण पराजित हुन पुग्यो भने नेपालसँग गोलरहित बराबरी खेल्दा एक अंक मात्रै जोडेर प्रतियोगिताबाट बाहिर भएको हो ।

दशरथ रंगशालामा आइतबार भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टिमले उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने बताएका छन् । नेपाली टिमका प्रशिक्षक बालगोपाल महर्जनले टिम उपाधि जित्नका लागि मैदान उत्रने बताउँदै सबैभन्दा महत्वपूर्ण कुरा टिमले गोलको खडेरी तोड्नका लागि पनि खेल्ने प्रष्ट पारे ।

नेपाली राष्ट्रिय टिमले डेढ बर्षअघि विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेईविरुद्ध २ गोल गरेपछि अहिलेसम्म गोल गर्न सकेको छैन् । पत्रकार सम्मेलनमा प्रशक्षिक महर्जनले फाइनल खेलमा गोल गर्दै उपाधि जित्ने लक्ष्य रहेको बताए । साथै फाइनलको प्लेयिङ सेटमा केही परिवर्तन हुने संकेत पनि गरे ।

उनले भने ‘कीर्गिस्तान र बंगलादेशविरुद्धको समूहचरणको खेलमा एउटै टिम उतारे पनि फाइनल खेलमा केही परिवर्तन हुन सक्छ, त्यसका लागि मैले तयारी गरिरहेको छु ।’

नेपाली टिमका कप्तान किरण चेम्जोङले आफूले बंगलादेशसँग नोभेम्बरमा खेलेको भन्दा अहिलेको टिम उत्कृष्ट रहेको पनि बताए । उनले भने ‘कप्तानको रुपमा म आफ्नो टिमसँग पूर्णरुपमा सन्तुष्ट छु । तर गोल ननिस्कँदा अलि गाह्रो भने लागेको छ ।

बंगलादेशका प्रशिक्षक जेम्स डेले घरेलु टोली नेपालविरुद्धको फाइनल प्रतिस्पर्धात्मक हुने बताएका छन् । फाइनल खेलमा घरेलु दर्शकको साथ नेपाली टिमलाई हुने बताउँदै त्यसका बाबजुत पनि आफ्नो टिम उपाधि जित्न सक्षम रहेको बताए ।

यस्तै, बंगलादेशका कप्तान जमाल भुइयाले पनि टिम र आफू पूर्णरुपमा फिट रहेको बताउँदै उपाधि जित्नेमा आशावादी रहेको बताए ।

भर्खरै

Advertisement