दमक नगरपालिका गिरिजाप्रसाद कोइराला फुटबलको सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१५
  • |
  • 483 पटक हेरिएको

दमक नगरपालिका इटहरीमा जारी स्वर्गीय गिरिजा प्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा इटहरी उपमहानगरपालिकालाइ २–१ गोल अन्तरले पराजित गर्दै दमक नगरपालिकाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

दमकको जितमा किस्मत लिम्बु एक्लैले २ गोल गरे । उनले खेलको ५२ औ र ७३ औ मिनेटमा गोल गरेका थिए । इटहरीका लागि एक मात्र गोल निकेश तामांगले खेलको ७० औ मिनेटमा गरे ।

उक्त खेलको म्यान अफ द म्याच २ गोल गरेका लिम्बु नै घोषित भए । उनलाइ कार्यक्रमका प्रमुख अतिथि पूर्व राष्टिय खेलाडी सुरेन्द्र तामांगले नगद ३ हजार सहित टफी प्रदान गरे ।

दमक नगरपालिकाले अब सेमिफाइनलमा चैत्र १८ गते सुनसरीको इनरुवा नगरपालिकासंग प्रतिष्पर्धा गर्नेछ । इनरुवा यसअघि नै उदयपुरको चौदण्डीगढी नगरपालिकालाइ पराजित गर्दै सेमिफाइनल प्रवेश गरिसकेको छ ।

इटहरी स्थित क्षेत्रिय रंगशालामा जारी प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा मंगलबार बिराटनगर महानगरपालिका र धनकुटा नगरपालिका बिच खेल हुने प्रतियोगिता संयोजक सूर्य राइले जानकारी दिए ।

प्रतियोगितामा प्रदेश एकका ८ वटा नगरपालिकाका टिम सहभागी छन । प्रतियोगिताको विजेता टिमले २ लाख उपबिजेतालाई १ लाख पुरस्कार पाउने छन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal