Mega Bank

पहिलो हाफमा आर्मी र किर्गिस्तानको गोलरहित बराबरी

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-१२-१५
  • |
  • 64 पटक हेरिएको

नेप्लेज । दशरथ रंगशालामा जारी मैत्रीपुर्ण खेलमा नेपाल आर्मी र किर्गिस यु २३ टिमले गोलरहित बराबरी खेलेको छ ।

एएफसी  प्ले अफको तयारीमा रहेको आर्मीले आज त्रीदेशिय प्रतियोगिताका लागि नेपाल आएको किर्गिस्तान यु २३ ओलम्पिक टिमसँग मैत्रीपुर्ण खेल खेलिरहेकोे छ ।

किर्गिस्तान भने बंगलादेशसँमग १ गोलको हार र नेपालसँग गोलरहित बराबरी खेल्दै त्रिदेशीय लिगबाट बाहिरिएको छ । दर्शकका लागि प्रवेश निशुल्क गरिएको आजको खेलको पहिलो हाफमा दुबै टोलीले पाएकोे मौकालाई सदुपयाेग गर्न सकेनन् ।

अर्माीले खेलको पहिलो मिनेटमै अग्रता बनाउने मौका पाएको थियो तर नवयुग श्रेष्ठको हेडलाई किर्गिस्तानका गोलकिपरले उत्कृष्ट सेभ गरेका थिए । त्यसपछि किर्गिस टिमले पनि पाएको अन्य मौकालाई सदुपयोग गर्न सकेनन् ।

यस सिजनकाे लिग विजेता मछिन्द्रसँग लाइसेन्स नभएका कारण  अर्माीले एएफसीका लागि मौका पाएकोे हो ।

भर्खरै

Advertisement