किर्गिस्तान यु-२३ सँग आर्मीले आज मैत्रीपुर्ण खेल खेल्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१५
  • |
  • 883 पटक हेरिएको

नेप्लेज । एएफसी कप प्ले अपको तयारीमा रहेकोे नेपाल आर्मी क्लबले आज दशरथ रंगशालामा थ्री नेसन्स कपका लागि नेपाल आएको किर्गिस्तान यु २३ सँग मैत्रीपुर्ण खेल खेल्दैछ ।

आफ्नो पहिलो खेलमा बंगलादेशसँग आतमघाती गाेलका कारण १-० को हार बेहोरेकोे किर्गिस्तानले नेपालसँग भने बराबरी खेल्दै थ्री नेसन्स कपबाट बाहिरिएको थियो ।

नेपाली ए डिभिजन लिग च्याम्सिपयन मछिन्द्रसँग लाइसेन्स नभएका कारण आर्मीले एएफसी कपमा खेल्ने अवसर पाएको हो । नेपाल आर्मी क्लब एएफसी लाइसेन्स प्राप्त पहिलो नेपाली क्लब हो ।

जसमा आर्मीले आगमी चैत २५ गते श्रीलंकाको पुलिस क्लबसँग खेल्नेछ । आर्मीले श्रीलंकाको पुलिस क्लबलाई पराजित गर्न सफल भएमा बैशाख १ गते भारतको क्लब बंगलुरु फुटबल क्लबसँग खेल्नेछ ।

एन्फाले आर्मी र किर्गिस्तानबिचको खेल आज दिउँसो ३ः३० मा दशरथ रंगशालामा हुनेछ भने प्रवेश निशुल्क रहेकोे पनि बताएको ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey